विदेशमा अलपत्र परेका नेपालीलाई सेन्चुरीको राहत

विदेशमा अलपत्र परेका नेपालीलाई सेन्चुरीको राहत

यूएई : सेन्चुरी बैंकको सेन्चुरी रेमिटले यूएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेन्चुरी बैंकले  खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको हो। 

सेन्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेललगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो। 

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए।

 
यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) यूएईको  राहत वितरण  टोलीलाई १ हजार दिहराम बराबरको राहत सामग्री उपलब्ध गराएको छ। 

टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु, १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न  सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए। 

उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष  विश्वदिप शाह र  केशव नेपालले बुझेका थिए। 

परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल,सहज,छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए।

विभिन्न दाताबाट प्राप्त सहयोगले समस्यामा परेकालाई सहायता गरिनेछ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.