logo
२०८१ जेष्ठ २ बुधवार



गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार एक हजार ५६३ नेपाली भित्रिए, १६५ भारतीय बाहिरिए

फिचर |
प्रदेश |


गड्डाचौकी र गौरीफन्टा नाकाबाट सोमबार एक हजार ५६३ नेपाली भित्रिए, १६५ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की, असार १ गते । सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आ–आफ्ना देश आउने जाने गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार साँझसम्म कञ्चनपुरको गड्डा चौकी नाकाबाट ५३० नेपाली भित्रिएका छन् भने ३० जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएकाछन् । आईतबारको तुलनामा भारत जानेको संख्या ह्वत्तै घटेकोछ ।
त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको संख्या सोमबारकोे तुलनामा घटेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक प्रतिक विष्टका अनुसार गौरीफन्टा नाकाबाट आईतबार एक हजार ८३४ जना भित्रिएकोमा सोमबार एकहजार ४३ जना भित्रिएका छन् ।
त्यसैगरी उक्त नाकाबाट १३५ भारतीय नागरिक बाहिरीएका छन् । यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपालीको संख्या करिब एक लाख पन्ध्र हजार पुगेकोछ भने बाहिरीनेको संख्या सोह्रहजार बढी पुगेको छ ।
नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको ब्यवस्था गरी उद्धार गरेकाछन् । भारतबाट दैनीक नेपाली भित्रिए संगै स्थानीय तहका क्वारेनटाईन समेत भरीभराउ भएकाछन् । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा बसेर परिक्षणपछि मात्र घर जानपाउने ब्यवस्था गरिएकोछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?