logo
२०८१ बैशाख १९ बुधवार

  हवाई मार्गबाट आउने बढे  



शनिबार ९५२ जना फर्किए, मलेसियाबाट थप आजै आउँदै

विदेश |


शनिबार ९५२  जना  फर्किए, मलेसियाबाट थप आजै आउँदै
फाइल तस्बिर


चाँदनी हमाल
काठमाडौँ, असार ६ गते । विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फिर्ता हुने क्रम शनिबार पनि जारी रह्यो । शनिबार दिनभरिमा विभिन्न मुलुकबाट नेपालमा ९५२ जना स्वदेश फर्कनुभएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार दक्षिण कोरियाबाट २२८ जना, कुवेतबाट १५० जना, बङ्गलादेशबाट १५५ जना, जापानबाट २५० जना र युएइबाट १६९ जना नेपाल फर्कनुभएको हो । विदेशबाट फर्केका नागरिकसँगै शनिबार कुवेतबाट दुई जना नेपाली नागरिकको शवसमेत नेपाल ल्याइएका छन् ।
यसरी नेपाल फर्कनेमा प्रदेश १ का १२४ जना, प्रदेश २ का ७६ जना, बाग्मती प्रदेशका १६५ जना, गण्डकी प्रदेशका ५३ जना, प्रदेश ५ का ८४ जना, कर्णाली प्रदेशका १३ जना र सुदूरपश्चिम प्रदेशका २० जना रहेका छन् । यस तथ्याङ्कमा जापान र युएइबाट आएका नेपाली नागरिकको प्रदेशगत रुपमा वर्गीकरण गर्न बाँकी रहेको समितिले जनाएको छ । जसका लागि गणना भइरहेको छ ।
शनिबार नै मलेसियाबाट समेत नेपाली नागरिक फर्कने तयारी रहेको छ । तर कति जना फर्कने भन्नेबारेमा समितिले खुलाएको छैन । नेपाल फर्कनुभएको नेपाल नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?