logo
२०८१ बैशाख १९ बुधवार



अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण

विदेश |
अन्तर्राष्ट्रिय |


अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ६ गते । अफगानिस्तानस्थित अमेरिकी दूतावासका कर्मचारी कोरोना सङ्क्रमणको चपेटामा परेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत २० जना कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।
भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार सङ्क्रमितमध्ये अधिकांश सुरक्षार्थ खटिएका नेपाली नागरिक रहेका छन् । अमेरिकी स्टेट डिपार्टमेन्टले सङ्क्रमणबारे पुष्टि गरेपनि सङ्ख्या खुलाएको छैन । कोरोना सङ्क्रमित कर्मचारीलाई दूतावासभित्रै आइसोलेसनमा राखिएको छ ।
दूतावासको प्राङ्गणभित्र कार्यरत अन्य कर्मचारीमा पनि सङ्क्रमणको परीक्षण भइरहेको स्टेट डिपार्टमेन्टले जनाएको छ । प्रकोपको रुप नलिन दूतावासको सरसफाइमा विशेष ध्यान दिइएको स्टेट डिपार्टमेन्टलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।
अफगानिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४२४ छ । तर अन्तर्राष्ट्रिय दातृ निकायहरुले भने सङ्क्रमितको सङ्ख्या धेरै हुने जनाएको छ । परीक्षण दर कम रहेको हुँदा सङ्क्रमितको यथार्थ विवरण आउन नसकेको उनीहरूको दाबी छ ।
उक्त क्षेत्रमा सबैभन्दा बढी प्रभावित इरानबाट पछिल्लो महिना दुई लाख अफगान श्रमिक स्वदेश फर्किदा सङ्क्रमितको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?