कोरोनाले कतारमा एक सातामा तीन नेपालीको मृत्यु

कोरोनाले कतारमा एक सातामा तीन नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) का कारण यो साता  कतारमा थप तीन जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कतारमा कार्यरत तीन जना नेपालीको निधन भएको हो । योसँगै कोरोनाका कारण विदेशी भूमिमा एक सय ३० नेपालीको निधन भएको छ । 

गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता संक्रमणका कारण नेपालीको मृत्यु नभए पनि यो साता वैदेशिक रोजगारीमा गएका तीन नेपालीको कोरोनाका कारण ज्यान गएको हो । यो साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । हालसम्म विभिन्न ३५ देशमा बस्नेत १७ हजार ७ सय ९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

यो साता विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना जितेर घर फर्किएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएको संघले जनाएको छ । 

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । विभिन्न देशमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल पछिल्लो एक हप्तायता ल्याइएको हो।

संघका अनुसार कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । लडाउनको समयमा निधन भएका तीन सय जनाका एक सय १४ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । एक सय ६४ शव गन्तव्य देशमै रोकिएका छन् । 

वैदेशिक रोजगार बोर्डले पछिल्लो समयमा शव ल्याउन भन्दा गन्तव्य देशमै दाहसंस्कार गर्न प्रेरित गरिरहेको छ । अनुसन्धानकर्ता रामेश्वर नेपालले शव उतै व्यवस्थापन गर्न परम्परा, सांस्कृतिक र धर्मले नमान्ने बताए । ‘गन्तव्य देशमै अन्त्येस्टी गर्न परिवारलाई दवाव दिनुहुन्न’ उनले भने । 

तीन हजार नेपाल स्वदेश फर्किए

यसैबीच गैरआवासीय नेपाली संघको पहिलमा विदेशमा अलपत्र ३ हजार एक सय आठ जना नेपाली स्वदेश फर्र्किएका छन् । सरकारले साउन ३२ देखि नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्ससहित विदेशी एयरलाइन्सबाट विदेशी भूमिमा समस्यामा परेका नेपालीलाई फर्काउन सुरु गरेसँगै उक्त मात्रामा कामदार फर्केका हुन् । 

संघका अनुसार मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट  ८ सय ९८ जना नेपालीहरु फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र  अस्ट्रेलियाबाट ११ जनाको उद्वार गरिएको छ । बंगलादेशबाट २५८  जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना,  कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना  नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.