२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

विदेशमा रहेका प्रदेशवासीको तथ्यांक संकलन गर्दै सरकार

विराटनगर — कोरोना भाइरसका कारण विदेशबाट फर्कन नपाएका, फर्कन चाहने र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको प्रदेश १ सरकारले तथ्यांक संकलन प्रक्रिया सुरु गरेको छ ।

विदेशमा रहेका प्रदेशवासीको तथ्यांक संकलन गर्दै सरकार

तथ्यांक अनलनाइनबाट संकलन सुरु गरिएको छ । वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्कन चाहने अनि फर्किसकेकाहरुको समेत तथ्यांक संकलन गरिने भएको हो ।

तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले मंगलबार शुभारम्भ गरे । जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको ‘https://helpline.p1.gov.np/’ वेबसाइटमा आफ्नो विवरणसहितको फारम भर्न सकिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश योजना आयोगमा रहने उक्त फाराममा भरिएको विवरणका आधारमा आफ्ना नागरिकहरुको सीपलाई प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । ‘विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं’ मुख्यमन्त्री राईले भने । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनको भनाई छ ।

तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताए ।

तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाई छ ।

प्रकाशित : जेष्ठ २७, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?