logo
२०८१ जेष्ठ १ मंगलवार

  सुदूरपश्चिम नाका अपडेट  



दुई हजार १८६ नेपाली भित्रिए, ४२५ भारतीय बाहिरिए

प्रदेश |


दुई हजार १८६ नेपाली भित्रिए, ४२५ भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की जेठ २९ गते । रोजगारीका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका नेपाली सुदूरपश्चिम प्रदेशका दुई मुख्य नाकाबाट भित्रिने क्रममा बुधबारको तुलनामा बिहीबार केही बढेको छ । कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार दुई हजार १८६ भित्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार गड्डाचौकी नाकाबाट ६९६ नेपाली नागरिक भित्रिएका छन् भने १३६ जना भारतीय बाहिरिएका छन् ।
त्यसै गरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या बुधबारको तुलनामा केही बढेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार उक्त नाकाबाट बिहीबार एक हजार ५१ जना नेपाली नागरिक भित्रिएका छन् भने ३८९ भारतीय नागरिक बाहिरिएका छन् ।

योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब एक लाख सात हजार नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या करिब १४ हजार पाँच सय पुगेको छ ।
नेपाल भित्रिएका उनीहरू विभिन्न जिल्लाका स्थानीय तहको क्वारेन्टाइनमा बसेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबारसम्म सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका क्वारेन्टाइनमा ६४ हजार ४५३ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा २० हजार १७१ रहेका छन् भने सबैभन्दा कम दार्चुला जिल्लामा एक हजार ३०१ पुगेका छन् ।

सुदूरपश्चिमका नौ जिल्लाका क्वारेन्टाइनमा १० हजार ५४७ महिला रहेका छन् भने ५३ हजार ९०६ पुरुषको सङ्ख्या रहेको छ । चाैध दिन क्वारेन्टाइन बसेकारू होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्कने क्रमसमेत जारी रहेको छ ।
बिहीबार घोडाघोडी नगरपालिकामा आरडीटी पोजिटिभ आएका ६२ जनामध्ये १४ दिन बढी क्वारेन्टाइन र आइसोलेसनमा बसेकालाई बिहीबार पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी घर पठाइएको छ भने पीसीआर पोजिटिभ भएका वडा नम्बर ११ का एक जना पुरुषलाई समेत एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको स्वास्थ्य शाखा संयोजक कैलाशकुमार रावतले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?