टिपरसँगै कर्णालीमा बग्यो मजदुरीको कमाइ

टिपरसँगै कर्णालीमा बग्यो मजदुरीको कमाइ

कालिकोट :  धुमधामसँग बिहे गर्ने योजना थियो । त्यही सपना पूरा गर्न रास्कोटका मानबहादुर बम र दैलेख गैरागाउँकी राधिका शाही भागेर भारत गए । एक वर्षसम्म दुवैले उतै पसिना बगाए । बिहेका लागि खर्च जुटाएर गाउँ फर्किए । तर यो जोडीको धुमधाम बिहे गर्ने सपना कर्णालीमा बग्यो ।

लालीघाटमा बुधबार भएको टिपर दुर्घटनामा उनीहरूले मुस्किलले ज्यान त जोगाए । तर बिहेका लागि भनेर ल्याएको सबै कमाइ र सामान कर्णालीमा बगेको छ । मानबहादुरले भने, ‘बिहेका लागि भने अढाई तोला सुन, एक लाख ५० हजार नगद र सामान ल्याएका थियौं, सबै टिपरसँगै कर्णालीले बगायो ।’ घर पुगेर धुमधाम बिहे गर्ने योजना तत्कालका लागि तुहिएको उनले सुनाए । रास्कोट ३ का धनरूप कुमालको पनि सपना छुट्टै थियो । उनी यो वर्ष पत्नीसहित भारत गएका थिए । धेरै पैसा कमाएर ल्याउने आशमा गत पुसमा उनीहरू भारत गएका थिए । दुईजनाको कमाईले लुगालत्ता तथा खाद्यान्न किन्ने र छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपना थियो यो जोडीको । खर्च कटाएर ६५ हजार बचाएका थिए । १५ हजारका लुगा किने । तर उनीहरूको सपना पनि कर्णालीमा बग्यो । ‘कपडासँगै ५० हजार उनैले राखेकी थिइन्’, धनरूपले भने, ‘दुर्घटनामा सबै कमाइ बग्यो, उनलाई पनि जोगाउन सकिनँ ।’

टिपर दुर्घटना भएपछि जिल्लाका धेरै परिवारको खुसी खोसिएको छ । भारतबाट कमाएर ल्याउने आशमा गएका सबै रित्तो हात भएका छन् । बल्लतल्ल केहीले ज्यान जोगाए पनि सबैको कमाइ नदीमा बगेको छ । रास्कोटकै २१ वर्षीय कपुरे सार्कीको आर्थिक अवस्था निकै नाजुक छ । बर्सेनि भारतबाट ल्याएको कमाइले परिवारको खर्च चल्थ्यो । भारत जाँदा आमालाई राम्रो सारी, भाइलाई कपडा र आफ्नो बिहे गर्दा चाहिने खर्च जोहो गरेर फर्किएका थिए । उनको पसिना पनि सबै कर्णालीमा बगे । उनले भने, ‘गुड्दै गरेको टिपरबाट हाम फालेर ज्यान जोगाएँ, कमाई सबै बग्यो ।’

लालीघाटमा भएको दुर्घटनामा तीनको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् । भारतबाट आएकालाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ३९ जना चढेको टिपर कर्णालीमा खसेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लालीघाट टिपर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई उचित राहत दिने आश्वासन दिएका छन् । बिहीबार बिहान मृतकका आफन्तसँग उनले पीडितलाई स्थानीय सरकार र प्रदेश सरकारले उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.