एकतर्फी भाडा ९३ हजारसम्म, साउदीमा अलपत्र नेपाली निराश

एकतर्फी भाडा ९३ हजारसम्म, साउदीमा अलपत्र नेपाली निराश

-बिष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा कोरोना भाइरसबाट  प्रभावित भइ अलपत्र परेका नेपाली स्वदेश फर्कनका लागि आतुर अवस्थामा  थिए ।  बिहीबार सरकारले निर्धारण गरेको हवाई टिकटको मूल्य देखेर अलमल्ल परेका छन् । सबै प्रक्रिया पूरा गरेर लगभग तीन महिना यता स्वदेश फिर्ताको पर्खाइमा रहेका र  अलपत्र परेका नेपाली सरकारको सहयोगको समेत अपेक्षा गरेर बसेका थिए तर त्यो आशा निराशामा परिणत भएको छ । 

तत्कालको लागि साउदीमा  रियाद, दमाम, र जेद्धा शहरक लागि सरकारले नेपाल फर्कन चार्टर उडान  निर्धारण गरेको छ । एकतर्फी हवाई टिकटको मूल्य नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । उडान यहि जुन १५ देखि २४ सम्म सञ्चालन हुनेछ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयरी छ ।

नेपाली दूतावासका अनुसार अवस्थालाई मध्यनजर गर्दै  तत्काल  २५ सय भन्दा बढि नेपालीलाई स्वदेश  फर्काउनु पर्ने अवस्था छ ।  संकलन गरिएको फारम अनुसार  ८० प्रतिशत  स्वदेश  फर्कने अवस्थामा  रहेका छन् ।   जसमध्ये १० हजारभन्दा बढीको विवरण सम्बन्धित् निकायमा पठाइएको छ भने  स्वदेश फिर्ताको छनोट आधारसम्म  सार्वजनिक गरेको छ।

अहिलेको अवस्थालाई हेरी हवाई टिकटको मूल्य मह‌ंगो रहेको जानकारीसमेत दिइएको छ । साउदी अरेबियामा अहिले साना तथा मझौला कम्पनीहरू बन्द भएका छन् । कतिपय बन्द  हुने अवस्थामा छन भने ठूला कम्पनीले कामदार र तलब कटौती गर्न सुरू गरेका छन् ।

यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई खान, बस्न पनि समस्या छ भने  कोरोना भाइरसबाट संक्रमित भएकाहरू  समयमा नै उपचार नपाउँदा  मर्नुपर्ने अवस्था छ । स्वदेश फिर्ताका लागि हवाई  टिकटको मूल्य देखेर कसरी नेपाल जाने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । यसबाट अलपत्र परेका नेपालीमा रहेको झिनो आशा पनि मरेको छ।

साउदी अरेबियामा लगभग तीन लाख बीस हजार  नेपाली कार्यरत छन् । अहिलेको  अवस्थालाई मध्यनजर गर्दै  सरकारले तय गरेको उडान स्वागतयोग्य  भएपनि हवाई टिकटको मूल्यले अलपत्र परेका नेपाली तत्काल स्वदेश फिर्तामा समस्या हुने भएकाले देखिएको छ । यस सम्बन्धमा सरकारको  ध्यानाकर्षण गराउन  साउदीमा  रहेका विभिन्न भातृसंगठन, एन आर एन, सामाजिक सघं  संस्थाले टिकटको मूल्य कम गर्न  आह्वान गरेका छन्  ।

सरकारले सहयोग  गर्नुपर्ने अवस्थामा चर्को हवाई टिकटको मूल्य निर्धारण गरेर अहिले नआऊ देशलाई रेमिट्यान्स पठाऊ र आउने परे मागेर आउ भन्ने सन्देश  सरकारले दिन खोजेको उनीहरुले आरोप लगाएका छन्।

यस सम्बन्धमा ध्यानाकर्षण नभए साउदीमा रहेका धेरै नेपाली ठूलो समस्यामा पर्ने र अकालमै ज्यान गुमाउनु पर्ने देखिन्छ।

केही दिनयता साउदीमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढेको छ दैनिक ३ हजार भन्दा बढि संक्रमित भएका फेला परिरहेका छन् । जसबाट साउदीमा कार्यरत लगभग १५००  भन्दा बढी नेपाली संक्रमित हुनुको  साथै १० भन्दा बढीको मृत्यु भएको  छ । ६० भन्दा बढि नेपाली मृतकका शवहरू साउदीमा छन् । हालसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमित  हुनेको संख्या ११,६०२१ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.