कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

कुवेतबाट तेस्रो उडान : थप १४९ जना नेपाली काठमाडौं आइपुगे

होम कार्की, सुरज कुँवर

काठमाडौँ — कुवेतबाट ७ जना बालबालिकासहित  १ सय ४९ जना नेपाली महिला कामदार शुक्रबार बिहान नेपाल आइपुगेका छन् । कुवेत सरकारले जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत उनीहरुलाई नेपाल पठाएको हो ।

कुवेतबाट तेस्रो उडान : थप १४९ जना नेपाली काठमाडौं आइपुगे

उक्त जहाज शुक्रबार बिहान ११ बजेर २८ मिनेट जाँदा त्रभुवन विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुवेतले पठाएको यो तेश्रो उडान हो ।

जजिरा एयरलाइन्स कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ४ बजे उडेको थियो । गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो । यसको सबै खर्च कुवेतले नै बेहोरेको हो ।

कुवेतले शनिबारका लागि पनि थप दुई उडानका लागि अनुमति मागेको छ । यसअघि बिहीबार बिहान कुवेतबाट दुई वटा उडानमा गरी २ सय ६ जना नेपाली महिला कामदार नेपाल फर्किएका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?