logo
२०८१ जेष्ठ २ बुधवार



बेलहिया नाकाबाट ४३१ भित्रिए, एक हजार १२८ भारतीय बाहिरिए

फिचर |
प्रदेश |


बेलहिया नाकाबाट ४३१ भित्रिए, एक हजार १२८ भारतीय बाहिरिए


लक्ष्मण पौडेल
भैरहवा, जेठ ३० गते । रुपन्देहीको बेलहिया नाका भएर शुक्रबार ४३१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, बेलहिया नाका भएर शुक्रबारै ११ सय २८ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार निजी गाडीमा जोर बिजोर प्रणाली लागू भएपछि नेपाल आएकाहरुलाई आआफ्नो जिल्ला जान सहज भएको बताउनुभयो । कतिपय नेपाली निजी गाडी खोजेर आफ्नो जिल्ला जान थालेको र जिल्लामा पुगेर क्वारेन्टाइनमा बस्नेगरी यहाँबाट पठाइएको उहाँले बताउनुभयो 
कतिपय जिल्लाका स्थानीय तहहरूले भने आफ्ना नागरिकहरूलाई आफैँले गाडीको व्यवस्था गरेर पनि लैजाने गरेका छन् । आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवा र आसपासका क्षेत्रमा क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरू रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेका छन् । त्यसपछि दुवै देशको समन्वयमा एकअर्का देशका नागरिकलाई वारपार गराउने गरिएको छ ।
नेपाली र भारतीय नागरिक आफ्नो देश फर्कन थालेपछि सीमानाका दिनभरजसो भिड हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?