logo
२०८१ जेष्ठ २ बुधवार



कुवेतबाट सात बालबालिकासहित १४९ महिला स्वदेश भित्रिए

विदेश |
फिचर |


कुवेतबाट सात बालबालिकासहित १४९ महिला स्वदेश भित्रिए


चाँदनी हमाल
काठमाडौँ, जेठ ३० गते । कुवेतबाट आज पनि १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । कुवतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले १४२ जना महिला सात जना बालबालिकासहित १४९ जना नेपाल आउनुभएको जानकारी दिनुभयो । तीमध्ये केही भर्खर जन्मेका शिशुसमेत रहेको जनाइएको छ ।
अवैध रुपमा कुवेतमा बसेकालाई त्यहाँको सरकारले आममाफी दिएको थियो । जसमध्ये नेपाली महिलालाई तीन वटा फ्लाइटमार्फत कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फिर्ता गराइसकेको छ ।
आममाफी पाएलगत्तै स्वदेश फिर्तिको तयारीमा उहाँहरू झण्डै डेढ महिना अस्थायी सेल्टरमा बस्नुभएको थियो । यसैबीच नेपाली नागरिक फिर्ता गर्न थप दुई उडानको लागि कुवेतबाट पहल भइरहेको जनाइएको छ ।
हिजो दुई वटा जहाजको उडानमार्फत २९९ जना नेपाली महिला नेपाल फर्कनुभएको थियो । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?