logo
२०८१ जेष्ठ ३ बिहीवार



भारतबाट नेपाली आउने क्रम जारी, एक हजार ७९२ भित्रिए, ५८० भारतीय बाहिरिए

फिचर |
प्रदेश |


भारतबाट नेपाली आउने क्रम जारी, एक हजार ७९२ भित्रिए, ५८० भारतीय बाहिरिए


चाँदनी आचार्य
लम्की जेठ ३१ गते । सुदूरपश्चिमका दुई मुख्य सीमा नाकाबाट शनिबार एक हजार ७९२ भित्रिएका छन् भने नेपालमा रोजगारीका लागि आएका भारतीय नागरिक ५८० बाहिरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४३८ नेपाली भित्रिएका छन् भने ५० जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
शुक्रबारको तुलनामा भारतीय नागरिक बाहिरिने क्रम घटे पनि नेपाली आउने क्रम एक उस्तै रहेको छ । त्यसै गरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या शुक्रबारको तुलनामा शनिबार तीन सयले बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट एक हजार ३५४ नेपाली भित्रिएका छन् भने ५३० भारतीय बाहिरिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख दश हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या पन्ध्र हजार बढी पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?