विदेशमा कोरोना संक्रमणबाट एकसातामा १३ नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणबाट एकसातामा १३ नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशी भूमिमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशी भूमिमा योसँगै एक सय ४३ जनाको कोरोनाका कारण ज्यान गएको छ । 

संघअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमान र कुवेतमा एकएक जनाको ज्यान गएको हो । गत पछिल्लो दुई हप्ता विदेशी भूमिमा कोरोना भाइरसका कारण निधन नभएपछि यो हप्ता एकैचोटी १३ जनाको निधन हुँदन विदेशी भूमिमा कार्यरत नेपाली चिन्तित भएका छन् । 

संघका अनुसार कोरोणा भाइरसका कारण बेलायत, अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा कार्यरत नेपालीहो कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

 
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशमा सक्रमण बढ्दै गएको बताए । सक्रमणबाट जोगिन उनले सतर्क रहन अनुरोध गरेका छन् । मास्क अनिवार्य लगाउन, सबै कोरोनाको संक्रमण भएजस्तै टाढै बसेर सुरक्षित हुन, नियमित साबुनपानीले हात धुन उनले सल्लाह दिएका छन् ।
 
उनका अनुसार मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हँदै गइरहेको जानकारी दिएका छन् । पूर्णरुपमा सुरक्षित हुनुपर्ने उनको सुझाव छ । 

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नौ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विदेशी भूमिमा बस्ने नेपाली २५ हजार २ सय २६ जना कोरोनाबाट मुक्त भएको संघ अन्र्तगतको समितिका प्रवक्ता चिरण शर्माले जानकारी दिए । संघका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन् । 

१८ हजार २ सय १३ जना स्वदेश फर्किए 

कोरोना भाइरस (कोभिड १९) का कारण विदेशी भूमिमा अलपत्र परेका १८ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशी भूकिमा समस्यामा परेका करिब २५ हजार नेपालीलाई पहिलो चरणमा ल्याउने तयारी गरेको छ । 

विश्वव्यापी लकडाउन  भएपछि विभिन्न देशमा रोकिएका तथा वैदेशिक रोजगारी गुमाएर समस्यामा परेका नेपालीको पछिल्लो समयमा उद्दारको काम तीब्रता दिइएको छ  । संघ र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जेठ ३२ गतेदेखि कामदार फर्काउन सुरु गरिएको थियो । अहिलेसम्म २१ देशबाट १८ हजार २ सय १३ फर्किएका छन् । फर्किएकामध्ये ७५ प्रतिशतभन्दा बढी वैदेशिक रोजगारीमा गएका रहेको श्रम मन्त्रालयका अधिकारी बताउँछन् । 

संघका अनुसार अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साउदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपाली नेपाल फर्किएका छन् ।

सर्वोच्च अदालतले रोजगारी गुमाएर अति समस्यामा परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट कामदार ल्याउन निर्देशन दिएपनि कार्यान्वयन सुरु भएको छैन् । वैदेशिक रोजगार बोर्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार फिर्ता ल्याउने निर्देशिका बनाएपनि मन्त्रिपरिषद्ले पारित गर्न सकेको छैन् । अहिले रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ । उक्त निर्देशिका पारित हुन नसक्दा अति समस्यामा परेका कामदार स्वदेश फर्कन सकेका छैनन् । केहीले कोषबाट उद्दार हुने आशै मारेर ऋण गरेर भएपनि फर्किन थालेका छन् ।

११५ शव स्वदेश ल्याइयो

यसैबीच विदेशमा निधन भएका एक सय १५ जनाको शव नेपाल ल्याइएको छ  । कोरोना भाइरस (कोभिड १९) पछि विभिन्न कारणले विदेशी भूमिामा निधन भएका ३ सय ५२ शव मध्य एक सय १५ जनाको शव नेपाल ल्याएको हो । एक सय ५ जनाको शव ल्याउने प्रक्रियामा रहेको बताइन्छ । एक सय ३२ जना नेपालीहको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ । 

कोरोनाका कारण नियमित उडान नभएका कारण सरकारले मृतकका परिवारबाट सहमति लिएर गन्तव्य देशमै दाह संस्कार गर्ने नीति लिएको छ । परिवारले सहमति नदिएमा शव ढिलै भएपनि स्वदेश ल्याउने बोर्डले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.