शनिबार मात्र विदेशमा अलपत्र परेका ९६० को उद्दार : एक जनालाई टेकु पठाइयो

शनिबार मात्र विदेशमा अलपत्र परेका ९६० को उद्दार : एक जनालाई टेकु पठाइयो

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि अलपत्र परेका ९५९ नेपालीको उद्धार भएको छ। कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार शनिबार मात्र विभिन्न देशबाट ९५९ नेपालीलाई काठमाडौं ल्याइएको हो। 

शनिबार नेपाल ल्याइएकामा हङकङ, यूएई, साउदी अरेबिया, यूकेका छन्। सेन्टरका अनुसार यूएई र साउदी अरेवियाबाट दुई उडान, यूके र हङकङबाट एक उडान गरेर अलपत्र नेपालीको उद्धार गरिएको हो। यूएईबाट भएको दुई उडानमा तीन सय ८७ र साउदी रेवियाबाट भएको दुई उडानबाट चार सय ४० जनाको उद्धार गरिएको छ। 
त्यसैगरी यूकेबाट ८३ र हङकङबाट ८२ जनाको उद्धार भएको सेन्टरले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

 
यसरी उद्धार गरिएकामध्ये एकजना भारतीय नागरिक छन्। भारतीय नागरिकसहित उद्धार भएकाको कुला संख्या १६० रहेको छ। साउदी अरेबियाबाट ल्याइएका मध्ये एक जनालाई भने टेकु अस्पताल लगिएको छ। 

अन्य सबैलाई होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन गरेपछि मात्र प्रदेशको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पठाइने छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.