+
+

युएईमा चार महिनामा ८९ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाए

रुपेश अधिकारी रुपेश अधिकारी
२०७७ असार २९ गते १२:५०

युएई । युएईमा चार महिनामा ८९ जना नेपालीको मृत्यु भएको छ ।  यो संख्या कोरोना संक्रमणका कारण युएईमा गरिएको लकडाउन अवधिको हो । युएईमा मार्च २२ देखि लकडाउन सुरु भएको थियो ।

यो अवधिमा कोरोना संक्रमबाट मात्रै  २९ जना नेपालीको  मृत्यु भएको छ । कोरोना संक्रमणले मृत्यु हुनेहरुमा एक महिला र २८ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोनासंक्रमणबाट मृत्यु भएका २९ र अन्य कारणले मृत्यु भएका गरी ४२ गरी ७१ जनाको शवको युएइमै अन्त्येष्टि गरिएको छ । दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै  अन्त्येष्टि गरिएको हो ।

बाँकी १८ शवमध्ये ११ जनाको नेपाल पठाइएको छ । ७ जनाको शव भने युएईको विभिन्न अस्पतालको शवगृहमा राखिएको छ । नियमित हवाई उडान नहुनु तथा अन्य विभिन्न कारणले शव नेपाल पठाउन समस्या भएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?