+
+

विदेशमा ४६ हजार ३४६ नेपालीमा कोरोना संक्रमण, १८१ जनाको मृत्यु

संक्रमणदर घट्दो, ९२ प्रतिशत निको भए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते ८:४०

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट प्रवासमा मृत्यु हुने नेपालीको संख्या १८१ पुगेको छ । पछिल्लो साता विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्यु हुने दरमा कमी आएको छ । निको हुनेदर भने उल्लेख्यरुपमा बढेको छ ।

गैरवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता विदेशमा कोरोना भाइरसको संक्रमणबाट एकजना नेपालीको पनि मृत्यु भएको छैन ।

विदेशमा हालसम्म ४६ हजार ३४६ जना नेपालीमा कोरोना संक्रमण भएको छ । जसमध्ये ९२ प्रतिशत अर्थात ३५ हजार ८०४ जना भने निको भइसकेको एनआरएनको स्वास्थ्य समितिले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबरलगायतका देशमा रहेका नेपालीहरुमा भने यो साता कोरोना संक्रमण दर सामान्यरुपमा वृद्धि भएको छ ।

२६ हजार ३९६ जनाको उद्धार

नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३९६ जना नेपालीको उद्धार गरिएको छ ।

विभिन्न एयरलाइन्सका १४९ उडानमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५२७ सय जनाको उद्धार भएको छ ।

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २४३, साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको छ ।

गत शनिबार मात्रै विभिन्न मुलुकबाट १३ ८१ जना स्वदेश फर्किएका छन् ।

१५७ शव नेपाल ल्याइयो

पछिल्लो समय विदेशमा मृत्यु भएका १५७ जना व्यक्तिको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

विभिन्न कारणले विदेशमै ज्यान गुमाएकामध्ये १४६ जनाको शव भने परिवारको सहमतिमा उतै अन्त्येष्टि गरिएको छ । १०९ शव अझै विदेशमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?