+
+

मंगलबार ७७९ जना नेपाली घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १९:४४

६ साउन, काठमाडौं । मंगलबार चार्टर्ड उडानमार्फत ७७९ जना नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार कुल ११ उडान-अवतरण भएका छन् ।

त्यसमध्ये हिमालय एयरलाइन्सले दमामबाट २१४ यात्रु लिएर काठमाडौं आएको छ । हिमालयले रियादबाट १ सय ४८ जनालाई घर फर्काएको छ । यो जहाज रियाद उड्ने बेला एक जना यात्रु थिए ।

मालिन्दो एयरले क्वालालाम्पुरबाट १ सय ५३ जना यात्रुलाई काठमाडौं ल्याएको छ । मंगलबार नेपाल एयरलाइन्सको जहाज क्वालालाम्पुरबाट ४७३ केजी कार्गो बोकेर काठमाडौं आएको छ । मंगलबार रियादबाट ५, दमामबाट २ र क्वालालाम्पुरबाट एक वटा शवसमेत काठमाडौं ल्याइएको छ । बुधबार ५ उडान अवतरणको तालिका छ ।

मंगलबार आन्तरिकतर्फ एयर डाइनेस्टी हेलीले सोलुखुम्बुको देउसाबाट ५ यात्रुलाई काठमाडौं ल्याएको छ । सिमि्रक हेलीले गोर्खाको सामागाउँमा ३ यात्रु बोकेर उडेको छ ।

मनाङ एयर धादिङका लागि १ यात्रु लिएर उड्यो । सिमि्रक हेलीले धादिङकै मुवाखोलाबाट ५ यात्रुलाई काठमाडौं ल्याएको छ । सिम्रिकको अर्को हेली धादिङ प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?