विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

विदेशबाट सोमबार ७०३ जना नेपाल फर्किए

काठमाडौं : सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् । 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज पाँच अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्किएका हुन्। केन्द्रकाअनुसार साउदी अरवियाबाट १५४ जना, कतारबाट २२५ जना, मलेसियाबाट १४० जना , कतारबाट १४५ जना फर्किएका छन्। त्यसैगरी ५ कुटनीतिज्ञ, ५ पाकिस्थानी नागरिक र ४ जना सार्कसचिवालयका गरी २९ जना पाकिस्थानबाट नेपाल आएका छन्।  मलेसियाबाट २ वटा शव ल्याइएको छ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगेर आवश्यक सोधपुछ र परीक्षण पश्चात सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ। लकडाउन भएदेखि आइतबारसम्म ५८, ०४६ जनाको नेपाल आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.