कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कतारमा न्यूनतम तलब मार्चदेखि कार्यान्वयनमा आउने

होम कार्की

काठमाडौँ — कतारले अदक्ष श्रमिकका लागि निर्धारण गरेको न्यूनतम तलब आउँदो मार्चदेखि कार्यान्वयन गर्ने भएको छ । कतारले भदौ १४ गते अदक्ष श्रमिकका लागि एक हजार रियाल (३० हजार रुपैयाँ) तोकेको थियो । रोजगार परिवर्तन गर्नको लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने बाध्यकारी नियमलाई पनि हटाएको छ ।

कतारमा न्यूनतम तलब मार्चदेखि कार्यान्वयनमा आउने

कतारका अमिर शेख तमिम बिन हमाद अलथानीद्धारा स्वीकृति गरेको नयाँ कानुन बुधबार सरकारी राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउने प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । यो घरेलु श्रमिकको हकमा पनि लागू हुनेछ । यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगाराता मुलुक बन्नेछ । नेपाल सरकारले २०१३ देखि अदक्ष श्रमिकका लागि न्युनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो ।

रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रुपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेका थिएनन् । कतारले पनि रोजगारदाता र श्रमिकबीच हुने सम्झौतालाई मात्रै आफुले कार्यान्वयन गर्न बाध्यकारी रहेको बताउँदै आएको थियो । कतारले दुई वर्ष अघिदेखि भने ७ सय ५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छोडेको थियो ।

अब रोजगारदाताले न्यूनतम तलब एकहजार रियाल, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २४, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?