logo
२०८० चैत्र १६ शुक्रवार



‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’

मुख्य समाचार |


‘नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी’


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र नेपाली अर्थतन्त्रमा करिब ४० लाख नयाँ रोजगारी सिर्जना भएको देखाएको छ । अध्ययनअनुसार रोजगारीको सङ्ख्या मात्र नभई रोजगारीको औसत गुणस्तरमा पनि उल्लेखनीय सुधार आएको छ ।
कोरोना महामारीभन्दा पहिलेकै अवस्थामा आधारित भएर गरिएको यो अध्ययनले नेपालको अर्थतन्त्रको निर्भरता क्रमिक रूपले निर्वाहमुखी कृषिबाट औद्योगिक तथा सेवामूलक क्षेत्रतर्पm सर्दै जाँदा रोजगारीका अवसर पनि बढ्दो हुन पुगेको देखाएको छ । यसमा निर्माण, उत्पादन वाणिज्य तथा यातायात क्षेत्र मुख्य योगदानकर्ता रहेको देखिएको छ ।
अनौपचारिक क्षेत्र, दैनिक ज्यालादारीको क्षेत्र, परम्परागत कृषि तथा पशुपालनभन्दा तुलनात्मक रूपले श्रमिकका लागि आकर्षक मानिएका छन् ।
समग्र रोजगारीमा सुधार देखिए पनि दैनिक ज्यालादारीका काममा भने दिगोपनको अभाव देखिएको प्रतिवेदनले औँल्याएको छ । यस्तै सबै श्रम आकाङ्क्षीले रोजगारीको क्षेत्रमा पहुँच स्थापित गर्न भने समस्या भोगिरहेको प्रतिवेदनमा उल्लेख छ । रोजगारीको क्षेत्रमा देखिएका परिवर्तनका सङ्केत महिलाका लागि भने अझै उपयोगी बन्न नसकेको देखाइएको छ ।
विश्व बैङ्कको वरिष्ठ अर्थविद् एलिजावेथ ब्लुमरका अनुसार बढ्दो सहरीकरणले पनि नेपालमा रोजगारी बजारमा सकारात्मक योगदान पुगेको छ ।
सन् १९९८ को श्रम सर्वेक्षणदेखि दुई वर्ष पहिलेको आर्थिक गणनालगायतका सामग्रीसमेतको अध्ययनबाट निकालिएको निष्कर्षमा नेपाली श्रम बजारका मुख्य चुनौतीसमेत औँल्याइएको छ । नेपालको भूबनोट अप्ठ्यारो हुनु, रोजगारी अनौपचारिक क्षेत्रमा, कम उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुँदै जानु तथा उद्यम–व्यवसाय गर्नेले पनि सानो र स्थानीय बजार मात्र हेर्ने र ठूलो बजारमा पहुँच स्थापित गर्न समस्या हुनुले रोजगारीको क्षेत्र अझै विस्तारित हुन नपुगेको औँल्याइएको छ ।
रोजगारी प्रतिफल सुधार गर्न साना तथा मझौला उद्यमीको प्रवद्र्धन, व्यवसायको उचित वातावारण निर्माण, महिला तथा युवालाई रोजगारीतर्पm आकर्षणजस्ता सुझाव पनि दिइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?