logo
२०८१ बैशाख ७ शुक्रवार



मलेसियामा २५ देशबाट यात्रा रोक, नेपाल भने प्रतिबन्धमा परेन

विदेश |


मलेसियामा २५ देशबाट यात्रा रोक, नेपाल भने प्रतिबन्धमा परेन


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । मलेसिया सरकारले आप्रवासी श्रमिक लिने पाँच देशसहित विश्वका २५ देशका नागरिकलाई देश प्रवेशमा रोक लगाएको छ । मलेसियाले भारत, पाकिस्तान, बङ्गलादेश, इन्डोनेसिया, फिलिपिन्सबाट तत्कालका लागि श्रमिक लिन रोक लगाएको छ ।
यस्तै, मलेसियाले एक लाख पचास हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका मुलुकका नागरिकलाई पनि गत सातादेखि यात्रा प्रतिबन्ध लगाएको छ । दुबै मापदण्ड अनुसार प्रतिबन्धको सूचीमा नेपालको परेको छैन ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाले कोरानाको उच्च जोखिमको स्तरलाई ध्यानमा राख्दै मापदण्ड बनाएर श्रमिक निर्यात गर्ने र भम्रण गर्न आउने देशका नागरिक प्रवेशमा रोक लगाएको बताउनुभयो ।
प्रतिबन्धको सूचीमा अमेरिका, ब्राजिल, इरान, रुस, बेलायतलगायतका मुलुक पनि छन् । यात्रा प्रतिवन्ध लगाइएका मुलुकका श्रमिकसहित कोही पनि मलेसिया प्रवेश गर्न पाउने छैनन् । मलेसियाले कोरोना भाइरस नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरिरहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?