logo
२०८१ बैशाख १५ शनिवार



एक सय जनालाई श्रम स्वीकृति

अर्थ |
फिचर |


एक सय जनालाई श्रम स्वीकृति



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २० गते । वैदेशिक रोजगार विभागको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयले सोमबार एक सय जनाले श्रम स्वीकृति लिएका छन् । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित सबै सेवा बन्द गरेको कार्यालयले खुलेको पहिलो दिन त्यो सङ्ख्याले श्रम स्वीकृति दिएको हो । ताहचल कार्यालयका सूचना अधिकारी छत्रबहादुर साहले सोमबार सेवा लिनेहरू बुधबार सेवा लिन आएकाहरू बढी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयले भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसके रोजगारी गुमाउने अवस्थामा रहेका श्रमिकको समस्यालाई ध्यानमा राखी पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको छ । उहाँले कार्यालयमा मङ्गलबारदेखि ई–टोकन प्रणाली लागू गरेर बढीमा १२५ जनाले सेवा लिन सक्ने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले कोरोनाको जोखिम र स्वास्थ्य मापदण्ड पालना गरेर सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको पनि जानकारी दिनुभयो । निषेधाज्ञापछि ताहचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।
कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउनु पर्नेछ । कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन लाइनमा बस्ने र त्यसभन्दा अघि साबुनपानीले हात धुनुपर्नेछ । सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?