logo
२०८१ बैशाख २१ शुक्रवार



दोहाबाट १४८ जना नेपाली स्वदेश फर्किए

विदेश |
फिचर |


दोहाबाट  १४८ जना नेपाली स्वदेश फर्किए



गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । विभिन्न देशमा समस्यामा परेका नेपाली स्वदेश फर्कने क्रम जारीसँगै कतारको दोहाबाट बुधबार १४८ नेपाली स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सको उडानबाट चार महिलासहित १४८ जना नेपाली स्वदेश फर्किएका हुन् ।
विभिन्न माध्यमबाट आफ्नो विवरण भरेर नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश पठाउने व्यवस्था गरेको दूतावासले बताएको छ ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको यात्रा सहजीकरण र समन्वयका तथा बिदाइका लागि राजदूतावासका अधिकारीका साथै एन.आर.एन.लगायत नेपाली डायसपोरा कम्युनिटीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

आज दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारद भारद्धाज, आफैँ उपस्थित भई त्यहाँ कार्यरत ग्राउण्ड ह्याण्डलिङ स्टाफ तथा उक्त एअरलाईन्सका आधिकारिक ट्राभल एजेन्सीका प्रतिनिधिहरूलाई यो अवधिमा उहाँहरूले पु¥याउनु भएको सेवा र सहयोगका लागि नेपाली राजदूतावासको तर्फबाट धन्यवाद दिनुभयो ।
हिमालय एअरलाईन्सको दुईवटा कर्पोरेट उडानसहित नेपाल र हिमालय एअरलाईन्स गरी दोहाबाट काठमाडांै ५२ वटा उडान सम्पन्न भएका छन् ।

अक्टोबर १, २०२० बाट नेपाल एअरलाईन्स, हिमालय एअरलाईन्स र कतार एअरवेजको दैनिक एक/एक वटा व्यवसायिक उडान हुने भएकाले अब उप्रान्त सिधै उक्त विमानसेवाका आधिकारिक ट्राभल एजेन्सीमार्फत् टिकट खरिद गरी यात्रा गर्न सकिने दूतावासले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?