१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २२ मंगलबार
  • Tuesday, 04 June, 2024
मुना कुँवर काठमाडौं
२o८१ जेठ २२ मंगलबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मलेसिया पठाइएका कामदारको विवरण म्यानपावरसँग माग्यो विभागले

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २२ मंगलबार o८:२४:oo

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग मलेसिया पठाइएका कामदारको पूर्ण विवरण मागेको छ । नेपाल र मलेसियाबीच दुईपक्षीय श्रम सम्झौता भएको मितिदेखि मलेसिया पठाइएका श्रमिकहरूको रोजगारदातासहितको विवरण विभागले माग गरेको हो । नेपाल र मलेसियाबीच सन् २०१८ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो । 

सम्झौताअनुसार मलेसिया जाने नेपाली कामदारहरूलाई आतेजाते हवाई टिकट, भिसा जारी तथा नवीकरण शुल्क, लेबीलगायतका शुल्कहरू रोजगारदाताले नै व्यहोर्ने व्यवस्था छ । विभागले बिहीबार सूचना जारी गर्दै १५ दिनभित्र कामदारलाई मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्चलगायतका सेवा शुल्कको आम्दानी तथा खर्चको विवरण पनि माग गरेको छ ।

मलेसियाको कामदार मागपत्र प्राप्त गर्न नेपाली म्यानपावर व्यवसायीहरूले आर्थिक चलखेल गर्ने गरेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वमा मलेसिया भ्रमणका क्रममा मलेसिया रोजगारदातासँग भएको छलफलमा यस्तो गुनासो उठेको विभागले जनाएको छ । नेपाली म्यानपावर व्यवसायीबीच भएको यस्तो विकृति रोक्न विभागले विवरण माग गरेको कायममुकायम महानिर्देशक श्रीचन्द शाहले बताए । तर, वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले भने व्यवसायीबीच यस्तो खालको प्रतिस्पर्धा नभएको बताए । 

लागू भएन मलेसिया फ्री भिसा फ्री टिकट 
नेपाल सरकारले लागू गरेको मलेसिया जाने कामदारका लागि फ्री भिसा फ्री टिकटको व्यवस्था कार्यान्वयन हुन सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७२ असारमा सात श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारहरूको भिसा तथा टिकटको शुल्क रोजगारदाताले नै व्यहोर्नेुपर्ने निर्णय गरेको थियो । तर, यो व्यवस्था सरकारबीच श्रम सम्झौता भएको देशको हकमा समेत प्रभावकारी नभएको मन्त्रालयले नै जनाएको छ । ०७५ पुसमा सर्वोच्च अदालतले पनि फ्री भिसा फ्री टिकटको निर्णय प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएको थियो । सरकारले सेवाशुल्कबापत १० हजार रुपैयाँ लिन सकिने व्यवस्था गरे पनि सो शुल्क ज्यादै न्यून भएको व्यवसायीहरूको गुनासो छ । 

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा चार हजार दुई कामदार मात्रै मलेसिया पुगेका छन् । गत वैशाखमा मात्रै दुई हजार पाँच सय ६६ जना मलेसिया पुगे । चैतमा एक हजार सात सय ९३, फागुनमा नौ सय ९१, माघमा ६ सय ३७, पुस सात सय १०,  मंसिरमा चार सय ४९, कात्तिकमा ८२ ले श्रम स्वीकृति लिएका थिए । मलेसियामा करिब तीन लाख नेपाली छन् ।

ad
ad
ad
ad
ad
ad