कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

भैरहवामा खुल्यो वैदेशिक रोजगार व्यवस्थापन शाखा 

माधव ढुंगाना

भैरहवा — वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुविधाका लागि भैरहवामा ‘वैदेशिक रोजगार व्यवस्थापन शाखा’ को स्थापना गरिएको छ । यो शाखा संचालनमा आएपछि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम सम्बन्धी आवश्यक प्रकृया पुरा गराउन काठमाडौंमा पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । 

भैरहवामा खुल्यो वैदेशिक रोजगार व्यवस्थापन शाखा 

स्थापित उक्त शाखाको बुधबार श्रम रोजगार तथा सामाजिक विकास मन्त्री किसान श्रेष्ठले उद्घाटन गरे । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान संचालन भएसँगै पायक पर्ने श्रमिकलाई सहज बनाउनका लागि वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको उनले बताए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन गरिएपछि लुम्बिनी प्रदेशमात्र नभएर सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशका श्रमिकलाई वैदेशिक रोजगारीमा जान सहज र पायक पर्ने उनले बताए ।

भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई छुट दिएर सुलभ सेवा दिनका लागि उनले होटल, ट्राभल एजेन्सी लगायतका सम्बद्ध व्यवसायीलाई आग्रह गरे । ‘स्वदेशका युवाशक्तिलाई विदेश पठाएर विकास गर्न नसकिने भएपनि बाध्यकारी अवस्था भएको छ’ मन्त्री श्रेष्ठले भने, ‘उनीहरुले विदेशमा सिकेका सीपलाई भित्र्याएर सदुपयोग गरिने छ ।’ यसका लागि सातै प्रदेशमा सीपमुलक तालिम प्रतिष्ठान स्थापना गर्न अहिलेको बजेटमा व्यवस्था गरिएको उनले बताए ।

सबै अनलाइन प्रकृयाबाट सेवा गरिने यस शाखा कार्यालयमा तत्कालका लागि शाखा अधिकृतस्तरको कर्मचारी सहितको टिमबाट सेवा सुरु गरिने र लगत्तै उपसचिव दरबन्दी सहितको टिमको व्यवस्थापन गरिने मन्त्री श्रेष्ठले बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी सम्बन्धी सरकारले प्रदान गर्ने सेवालाई अब काठमाडौंमा मात्र सीमित नराखी भैरहवा र त्यसपछि पोखराबाट सुरु गरिने बताए । ‘राजधानीमा मात्र केन्द्रित रहेको सेवालाई अन्यत्रबाट पनि प्रदान गर्न समेनपावर व्यवसायी पनि सरकारको पछि पछि लाग्नुस्’ अर्यालले भने, ‘यसका लागि मेनपावर व्यवसायीलाई के सहयोग गर्नु पर्छ ? मन्त्रालय र सरकार तयार छ ।’


प्रकाशित : असार १, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?