२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुबई पठाइदिने भन्दै सात लाख ठगी गर्ने कार्की पक्राउ

नेपाल प्रहरीले दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आम्र्स गार्डको काम लगाइदिन्छु भनी रु सात लाख ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौँको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

काठमाडौँको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आम्र्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ असार २०७९ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App