१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

म्यानपावरमा छापा, कन्सल्टेन्सी निगरानीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५२:oo

वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न म्यानपावर कम्पनीमा आकस्मिक छापा मारेको छ । कतार पुलिसका लागि भन्दै कामदार भर्ना गरिरहेको र विज्ञापनविना नै मलेसिया पठाउनका लागि कामदार छनोट भइरहेको सूचनाका आधारमा विभागले छुट्टाछुट्टै दुई म्यानपावर कम्पनीमा छापामा मारेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नै छापा मार्न निर्देशन दिएका थिए ।

विभागको टोलीले शुक्रबार दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट कम्पनीमा छापा मारेको थियो । छापा मार्दा सो म्यानपावर कम्पनीमा अर्को म्यानपावर कम्पनीका कागजात फेला परेको विभागले जनाएको छ । विभागले ८७ थान पासपोर्ट जफत गरेको विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालले जानकारी दिए । ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशनविना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । 

छापा मारिएको म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका कामदारको पासपोर्ट भेटिएको अर्यालले बताए । विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि शानिबारको उडानमा २३ जना युवाहरू मलेसिया जाने तयारीमा रहेको पाइएको विभागले जनाएको छ । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान छ । उनका अनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही गरिनेछ ।  

वैदेशिक रोजगार विभागले गत बिहीबार अल ताक्वेत ओभरसिजमा आकस्मिक रूपमा छापा मारेको छ । अल ताक्वेतले कतारको प्रहरीमा काम लगाइदिने भन्दै कामदार भर्ना गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो । म्यानपावरले कतार प्रहरीमा पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएको विभागले जनाएको छ । विभागले म्यानपावर कम्पनीमा छापा हानेर कागजातहरू नियन्त्रणमा लिएको छ । उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । 

म्यानपावर कम्पनी मात्रै नभएर विभागले कन्सल्टेन्सीलाई समेत कारबाही गर्न थालेको छ । अध्ययनका लागि विदेश जान सहजीकरण गर्न खोलिएका कन्सल्टेन्सीले राम्रो देश पठाइदिने भन्दै कामदारबाट ठूलो रकम असुल्ने गरेको पाइएको छ । रकम असुल गरेपछि कन्सल्टेन्सीका सञ्चालक भागेपछि युवाहरू गुनासो लिएर विभागमा पुग्ने गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । विभागले यस्ता कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गर्न थालेको छ । 

ad
ad