गाउँपालिकामा यसरी रोजगारी

गाउँपालिकामा यसरी रोजगारी

विकसित राष्ट्रहरूले श्रम बजार सहज बनाएका छन्। त्यसअनुसारको आर्थिक र सामाजिक परिवर्तन पनि गरेका छन्। सरकारले हालै मात्र हरेक गाउँपालिकामा ५ सय युवालाई रोजगारी दिने नीति बनाएको छ। केही गरौं भन्ने युवाका लागि यसले थप ऊर्जा दिने विश्वास गरिएको छ। फ्रान्सेली दाशर्निक हर्नरी बार्गसनले गुणात्मकता नै विकासवाद हो र विचारमा नैं परमतत्व र प्राण शक्ति हुन्छ भनेका छन्। त्यसैलाई इलन भिटल भनिन्छ भनेर विकासको परिभाषा दिएका छन्।

सन् २०३० सम्म संयुक्त राष्ट्रसंघीय विकासका १७ वटा लक्ष्य पूरा हुने अपेक्षा छ। लक्ष्य ४ र ८ मा युवालाई रोजगारी सुनिश्चित गरेको छ। तथ्यांक विभागका अनुसार, मुलुकको जनसंख्या ३ करोड नाघेको छ। विश्व बैंकले सन् २०२१ मा निकालेको युवाहरूको जनसंख्याको विवरण अनुसार ६३.७ प्रतिशत जनसंख्या ३० वर्षमुनिका युवाको छ। १५ देखि २९ वर्षसम्मका युवाहरूको बेरोजगारको संख्या १९.२ प्रतिशत छ। त्यो मुलुकको कुल जनसंख्याको २.७ प्रतिशत हुन आउँछ। यही कुरालाई ध्यानमा राखी तिनीहरूलाई रोजगारी सिर्जना गर्न नेपाल सरकारले यो नीति लिएको हुनुपर्छ। अब कसरी युवालाई पालिका स्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ। यहाँ केही उदाहरण र अध्ययनमा आधारित तथ्यांकलाई हेरौं। 

कार्ययोजना बनाऔं

युवाको क्षमता र दक्षताको स्तरीकरण गर्न गाउँ/नगरपालिका स्तरमा विज्ञ समूहको गठन र वर्गीकरण गरौं। युवाहरूको शिक्षा, क्षमता र चाहना केलाउनुपर्छ। त्यसबारे विस्तृत अध्ययन र अनुसन्धान गर्नुपर्छ। डेविड एन्टो ब्रउटका अनुसार युवाको क्षमताको पहिचान गर्ने पहिलो शिक्षक अभिभावक हो। अभिभावकले नै सन्ततिको बाटो कोरी दिन सक्छन्। अभिभावकको सल्लाह र उनीहरूले गर्दै आएको सीपको अवस्थाका बारेमा पनि अध्ययन र छलफल गरौं। विज्ञ समूहले यसरी छनोट गरोस् कि न जाति, न धर्म, न लिंग, न भाषा, न भूगोललाई आधार मानोेस्। केवल युवाको व्यक्तिगत क्षमताको पहिचान मात्रै गरोस्। त्यसअनुसार युवाको ज्ञानको खोजी गरोस्। त्यसका लागि सही व्यक्तिलाई परियोजना बनाउने जिम्मा दिनुपर्छ। त्यसबाट वार्षिक आम्दानी, उत्पादन, विकास र परिवर्तन होस्। यो गर्दा युवाको क्षमता, दक्षता र लगानी पनि सुनिश्चिता होस्।

तीन तहको योजना

स्वीट्जरल्यान्डले पनि सुरुमा यस्तै योजना बनाएको थियो। जसप्रति सबैले अपनत्वको महसुस गरे। कार्यान्वयनमा सहयोग गरे। त्यसैकारण छोटो समयमै स्वीट्जरल्यान्डले युवा बेरोजगारीलाई शून्यमा झार्न सफल भयो। अमेरिकन योजना विज्ञ जोन डोरका अनुसार योजना समूहमा गर्दा सबैको भावना मुखरित हुन्छ। त्यसले दिगो विकासमा टेवा पुग्छ, भनेका छन्।

पालिकाको सन्दर्भमा पनि तत्कालीन योजनामार्फत तत्काल समस्याको समाधान गरौं। जस्तै दाना, वास, लाना र पाना। मध्यकालीन योजनामार्फत गुरु योजना बनाइ विकासको मूल फुट्ने खालका योजनो सुरुवात गरौं। जस्तै बाटो, साटो, माटो र तातो। र, दीर्घकालीन योजनामार्फत बृहत् योजना बनाइ परिणाममा आधारित योजनालाई निरन्तरता दिऔं। जस्तै शिक्षा, बिजुली, कलकारखाना र उद्योग। यसरी युवा रोजगारीलाई बढाउँ। 

पालिकामा श्रमशक्तिको पहिचान गरौं

मुलुकका ६ हजार ७ सय ४३ वडामा भएका युवा श्रमशक्तिको स्तरीकरण गरौं। जनप्रतिनिधिको संयोजकत्वमा एक समिति गठन गरी पालिकाभरि भएको श्रमशक्तिको पहिचान गरांै। त्यसपछि युवालाई कसरी रोजगारी दिने ? कहाँबाट दिने ? को–को सहभागी हुने ? के कस्तो व्यक्ति प्राथमिकतामा पर्ने भन्ने वास्तबिक खाका तयार पारांै। मेरो ऊर्जा मेरो भविष्य। मेरो उद्यम, मेरो जीवन जस्ता परिपाटीको व्यवस्था गरौं। यी र यस्तै सोचको विकास गरी उनीहरूलाई माथि उठाउने अवस्थाको सिर्जना गरौं। चाल्र्स डार्बिनले विकासलाई यसरी परिभाषित गरेका छन्–प्राणीहरूको शरीरमा यस्ता तत्वहरू छन्। जसको उपयोगिता देखिँदैन।

गाउँ/नगरपालिकाभरि भएको श्रमशक्तिको पहिचान गरौंं। युवालाई कसरी रोजगारी दिने ? कहाँबाट दिने ? को–को सहभागी हुने ? के कस्तो व्यक्ति प्राथमिकतामा पर्ने भन्ने वास्तबिक खाका तयार पारौंं।  

उदाहरणका लागि मानिसको शरीरमा भएका रौंहरू।’ हो, सीपलाई पनि त्यस्तैगरी विकासको मोडेलमा जोडौं। युवाको सीपलाई मानिसको दक्षताअनुसारको काम दिऔं। सीप आत्माबाट बोध हुन्छ। त्यही अनुरूप जिम्मेवारी थपौं। पालिकाहरूमा यसको सही तरिकाले सीपको तहगत वर्गीकरण जरुरी छ। पहिलो–अति सजिलो आर्थिक, प्रविधि र जनशक्तिको हिसाबले जहाँ जुन स्थानमा युवाले गर्न सकोस्।

दोस्रो–वडातह विशेष बनाउँ। त्यहाँ स्थानीय स्रोत सहज पाउन सकोस्।

तेस्रो–पालिका स्तरमा छनोटको मापदण्ड बनाऔं। जहाँ एक र दोस्रो स्थानबाट प्राप्त स्रोतको व्यवस्थापन गरौं। त्यसका लागि सबैको सहज पहँुच होस्। त्यसले गर्दा स्रोतको प्रयोग हुने। वडामा जनशक्तिको उपयोग हुने। बेरोजगार समस्या पनि समाधान हुने।

मेरो सीप मेरो रोजगार

भाषणमा मात्रै युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ भनियो। आफ्नै देशमा केही गर्ने वातावरणमा ध्यान दिन सकेनांै। हालसम्म सकिरहेका पनि छैनौं। त्यसका लागि कसरी हुनसक्छ ?
सरकारको झन्झटिलो कार्यप्रणालीलाई जतिसक्दो सहज बनाउनुपर्छ। युवाहरू आफ्नो देशमा केही गर्न नमान्ने, बरु विदेशमा गएर जे काम गर्न पनि तयार हुने अवस्था कसरी आयो ? यो किन भयो ? त्यसको मूल कारण खोेज्न आवश्यक छ। त्यसैका कारण पत्ता लगाउन २०७६ मा पंक्तिकारले बैतडी जिल्लाको दोहडाकेदार गाउँपालिकामा १ सय ५० घरमा २१ वटा प्रश्नावली बनाएर अध्ययन गरेको थियो। जसको परिणाम यसप्रकार छ। ‘विदेश जाने रहर किन लाग्छ ? भन्ने प्रश्नमा ९० प्रतिशत युवाले स्वदेशमा कमाई कम हुने र श्रम बढी हुने गरेको जवाफ दिएका थिए। त्यसैकारण विदेश जाने रहर भएको उनीहरूको उत्तर थियो।

‘के सरकारको योजना युवा मैत्री छ ? भने प्रश्नमा ८७ प्रतिशत युवाहरूले सरकारको वास्तबिक योजना नभएको कारण विदेश जान मन लाग्छ भनेको पाइयो। किन बेरोजगार हुनुहुन्छ ? भन्ने प्रश्नमा ७७ प्रतिशत युवाहरूले लगानीको अभाव रहेको जवाफ दिएका थिए। रोजगारी पाउन राजनीतिक शक्तिको आवश्यकता छ ? भन्ने प्रश्नमा ६४ प्रतिशत युवाले राजनीतिक आडमा मात्रै कार्यक्रम पाउने गरेको जवाफ दिएका थिए। ‘तपाईंसगँ कुनै रोजगारीको योजना छैन ? भन्ने प्रश्नमा ८४ प्रतिशत युवाले आफ्नो कुनै पनि योजना नभएको जवाफ दिएका थिए। त्यसैकारण दैनिक ज्याला मजुदरी गरी जीवीका धानेको भन्ने जवाफ पाइयो। यसले युवाको ऊर्जा राज्यले कसरी प्रयोग गरेको छ ? उनीहरू कतिसम्म लाभान्वित भएका छन् भने प्रष्ट हुन्छ।

भूगोल अनुसारको कृषि उत्पादनको पहिचान गर्ने

नेपालमा शीतोष्ण, समशीतोष्ष्ण, उष्णशीतोषण हावापानी भएको हिमाल, पहाड र तराई भूभागले समेटिएको भूगोल छ। यहाँको हावापानी मिल्दोजुल्दो छ। त्यसलाई आधारमानि कृषि विज्ञद्वारा स्थानीय रूपमा उत्पादन हुने वस्तुलाई छनोट गर्ने। युवालाई स्थानीय रैथाने सीपको प्रयोग गर्न वातावरण बनाउनुपर्छ। अमेरिकामा जम्मा २.५ प्रतिशत जनता मात्रै कृषिमा आधारित छन्। तर, विश्वमा अर्बौंंको कृषि उत्पादन निर्यात गर्छ। त्यो भनेको कृषि विज्ञताको उपयोगिता हो। हामीले पनि त्यो नीति अवलम्बन गर्न आवश्यक छ।

सीपलाई कलासँग जोडौं

हरेक व्यक्तिसँग एउटा न एउटा सीप हुन्छ। त्यो बाहिर ल्याउन मात्र नसकेका हुन्छन्। त्यसका कारक तत्वहरू धेरै हुन्छन्। आर्थिक, सामाजिक, शैक्षिक र संस्कृति आदि। मेरो अध्ययनअनुसार नेपालमा भएका १ सय २५ जातिमा १२ हजार प्रकारका स्थानीय उत्पादन गर्न सकिन्छ। त्यसका लागि १० हजारदेखि १० लाखसम्मको लगानीमार्फत कटेज उद्योगको स्थापना गर्न सकिन्छ। हरेक सीप कलाको आधारशीला हुन्छ। सीपलाई कला र कलालाई सीपले सामीप्यता गरौं।

स्थानीय स्रोत र सीपको मिलान गरौं

नेपालका वरिष्ठ विकास विद् डा.हर्क गुरुङले बहिष्करण र समावेशीकरण बीचको तालमेल सामाजिक र राजनीतिक एजेन्डा बन्नुपर्छ भनेका छन्। त्यसैको माध्यद्वारा स्थानीय स्रोतको खोजी र सीपको मिलान गर्न आवश्यक छ। उहाँले परिकल्पना गरेको क्षेत्रीय विकास मोडेललाई स्थानीय तहसम्म लागू गर्न आजको आवश्यकता देखिन्छ। त्यसमा स्थानीय स्रोत र सीप हुन्छ। ती दुईको फियुजनबाट एक प्रकारको शक्ति उत्पादन हुन्छ। हरेक स्थानीय तह त्यसमा स्रोत परिचालन र व्यवस्थापनको बारेमा यथेष्ट जानकारी हुने हुन्छ। स्रोतको खोजीसगँ सीपको मिलन नै युवा रोजगारीको मूल जग बन्न सक्छ।

पुँजीको व्यवस्थापन गरौं

विश्व विख्यात विकास विद् जे हियुनरी वर्गसाँले मानिस र पेक्टेन जुन एक किसिमका जीव होइनन्। तर, तिनीहरूको आँखामा समानता छ भनी विकासको व्याख्या गरेका छन्। पुँजी व्यवस्थापका लागि चिन्ता व्यक्त गरेका छन्। हो, त्यस्तै युवा शक्तिलाई उत्पादनको माध्यद्वारा प्रतिफल दिनका लागि पुँजी आवश्यक पर्छ। जुन नेपाल सरकारले गर्न सकेको छैन। राज्यको नीति र नियमद्वारा सबलाई पहँुच हुने गरी पुँजीलाई सवलीकरण गर्न आवश्यक छ। पुँजीको सहज व्यवस्थापन भयो भने यसले परियोजनालाई मुर्तरूप दिन सहज हुने हुन्छ। युवा भौतिक रूपमा परिचालन गर्न सकने हुन्छ। आजको विश्व बजारीकरण र प्रतिस्पर्धाको युगमा तरङगत भई अघि बढिरहेको छ।

अतः उत्पादनलाई जब बजारीकरण गर्न सकिँदैन। नसकेको खण्डमा मुख्य तया यी वस्तुमा असर पर्ने हुन्छ। श्रमशक्ति मर्न जान्छ। आर्थिक नोक्सानी हुन्छ। उत्पादन घट्छ। त्यसो भयो भने राज्यको सामाजिक दायित्व बहन हुन सक्दैन। राज्यको कुलगर्हास्थ्यमा ह्रास हुन जान्छ। आम्दानीमा ठेस लागेपछि व्यवसायी पलाएन हुन्छन्। ऊर्जाशक्तिमा ह्रास र कमी आउँछ। त्यसकारण राज्यको मूल ध्यान भनेको उत्पादन भएका वस्तुलाई बजार व्यवस्थापन गर्न सकेको खण्डमा पालिकास्तरमा नै रोजगारि सिर्जना हुने देखिन्छ।

अनुदानलाई झन्झटिलो नबनाऔं

हाम्रोमा सरकारी काम फत्ते गर्न झन्झटिला प्रक्रियाहरू छन्। राज्य जहिले पनि बहकिन्छ र न्यून ब्याजमा ऋण उपलब्ध गराउने भन्छ। नीतिलाई सहज रूपमा सबैको पहुँच हुने गरी भने अगाडि बढाइँदैन। त्यसका लागि नीति बनाइ युवाहरूलाई थप ऊर्जा दिने गरी कार्ययोजना बनाउनु सक्नुपर्छ। यसले ऊर्जा थप्ने छ। युवाको बौद्धिकता बढ्छ। अनेकतामा एकता हुन्छ। यस्तो गर्न सक्यौं भने प्रत्येक पालीकामा हजारौं हजार युवाले रोजगारी पाउनेछन्। लगानी सुनिश्चित हुनेछ। राष्ट्रले समृद्धिको फड्को मार्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.