• १६ वैशाख २०८१, आइतबार

कुवेतमा अलपत्र सात कामदारको उद्धार

blog

काठमाडौँ, कात्तिक २५ गते । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।

उद्धार गरेर ल्याइएकाहरूमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरूलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । 

सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरूको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।