१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणविरुद्धको रिट खारेज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo

मलेसिया जाने कामदारको नेपालमा नै स्वास्थ्य परीक्षणको गर्ने कार्य निरन्तर रहनेभएको छ । मंगलबार सर्वोच्च अदालतले मलेसिया जाने कामदारलाई नेपालमा गरिने स्वास्थ्य परीक्षण रोक्न परेको रिट खारेज गरको हो । ३२ साउन २०७२ मा अधिवक्ता रामबाबु भण्डारीले उत्प्रेषणको आदेशको माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले मागबमोजिमको आदेश जारी गर्न इन्कार गरेको हो । 

मलेसिया पुगेका नेपाली कामदारमा स्वास्थ्य समस्या देखिन थालेपछि मलेसियन सरकारले नेपाली कामदारको स्वास्थ्य परीक्षणलाई नेपालमा नै कडाइ गर्ने निर्णय गरेको थियो । जसअनुसार मलेसियाले सन् २०१४ देखि स्वास्थ्य मापदण्ड बनाई  परीक्षणमा कडाइ गर्न थाल्यो । मलेसिया जाने नेपाली कामदारलाई नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको छनोट ग¥यो । हाल मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणालीसँग आबद्ध भई नेपालका ३६ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । 

स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सीधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने कडा व्यवस्था छ । ०७५ कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतापछि दुई मुलुकका प्रतिनिधिहरूबीच सम्पन्न दोस्रो संयुक्त प्राविधिक बैठकले नेपालमा कामदारले स्वास्थ्य परीक्षण गर्न लागेको खर्च मलेसिया पुगेपछि पहिलो महिनामा रोजगारदाताले सोधभर्ना दिने निर्णयसमेत गर्‍यो । त्यसअघि स्वास्थ्य परीक्षणको खर्च कामदार आफैँले भुक्तानी गर्नुपर्ने व्यवस्था थियो । सो बैठकपछि नेपालभित्र नै स्वास्थ्य परीक्षण हुने सो रकम रोजगारदाताले शोधभर्ना गर्ने व्यवस्था भयो । स्वास्थ्य परीक्षणको क्रममा सुरक्षा जाँच (बायोमेट्रिक) पनि हुँदै आएको छ । यसले मलेसिया गएर नेपाल फर्केका कामदार मलेसियाको कालोसूचीमा रहेको वा नरहेको रेकर्ड राख्छ । सो रेकर्डअनुसार मलेसियाले डिपोर्ट गरी पठाएका कामदार फेरि मलेसिया जान पाउँदैनन् । 

गत शुक्रबार नेपाल आएका मलेसियामा गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्रको अनुगमनसमेत गरेका थिए । गृहमन्त्रीले सिनामगंलस्थित अनमोल मेडिकल सेन्टरको अवलोकन गरेका थिए । अवलोकनपछि मलेसिया जाने कामदारको स्वास्थ्यप्रति आफ्नो मन्त्रालय सचेत रहेको बताए । आवश्यकताअनुसार स्वास्थ्य परीक्षण केन्द्रको मलेसियन सरकारले अनुगमनसमेत गर्ने उनले बताए । नेपालमा नै स्वास्थ्य परीक्षण कडाइ गरे पनि मलेसिया पुगेर स्वास्थ्य फेल हुने कामदारको संख्या घटेको छ । 

ad
ad