१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण ११ बिहीबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाइक राइडरसँगै  ट्याक्सी ड्राइभर भिसामा प्रतिबन्ध 

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार ०७:४७:००

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने बाइक राइडर र ट्याक्सी ड्राइभर भिसालाई प्रतिबन्ध गरेको छ । घरेलु कामदारपछि सरकारले राइडर भिसालाई पनि प्रतिबन्ध गरेको हो । राइडर र टयाक्सी ड्राइभर भिसामा वैदेशिक रोजगारीमा जाने कामदार बढी जोखिममा परेको भन्दै विभागले यस्ता पदको मागपत्रमा पूर्वश्रम स्वीकृति नदिन निर्देशन दिएको हो । विभागले कतार र दुबईमा जानेलाई यस्तो भिसामा प्रतिबन्ध गरेको हो । 

नेपालबाट मध्यपूर्व र मलेसियामा जाने अधिकांश नेपाली कामदार निर्माण क्षेत्रदेखि उत्पादन, सेवा, कृषि र ड्राइभिङ भिसामा जाने गरेका छन् । यस्ता कामका लागि उच्च शिक्षाको आवश्यकता नपर्ने भएपछि गन्तव्य मुलुकले नेपाली कामदारको माग गर्ने गरेको हो । तर, बाइक राइडर भिसामा जाने नेपाली कामदार असुरक्षित भएको गुनासो बढ्न थालेपछि विभागले तत्कालका लागि भिसालाई प्रतिबन्ध गरेको छ । राइडर भिसामा जाने कामदारको विभागमा दैनिक गुनासो आउन थालेको वैदेशिक रोजगार विभागका महानिर्देशन उमाकान्त आचार्यले बताए । 

वैदेशिक रोजगारीमा जानेमध्ये बाइक राइडर भिसामा जाने कामदारको बढी मृत्यु हुने गरेको कतारका लागि नेपाली राजदूत डा. नरेश ढकालले बताए । रोजगारीका लागि कतार पुग्ने कामदारमा गन्तव्य मुलुकको ट्राफिक नियम थाहा नहुने र नियम पालना गर्न नसक्दा दुर्घटनाको केस बढेको उनले दाबी गरे । त्यस्तै, कामदार दैनिक जरिवानामा पर्ने गरेको उनले बताए । दैनिक ज्यालादारी रोजगारीमा गएका कामदारले त रोजगारदाताले तोकेको टारगेट पूरा गर्न नसक्ने र टारगेट पूरा नगर्दा ज्यालासमेत नपाउने गरेको उनले बताए । त्यसैले कतारले यसअघिदेखि नै राइडर भिसालाई निरुत्साहित गर्दै आएको उनले बताए । 

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त अर्यालका अनुसार राइडर भिसामा जाने कामदारमध्ये विगत ६ महिनामा करिब चार सयजना नेपाल फर्किएका छन् । विभागमा गुनासो आएपछि म्यानपावर कम्पनीको समन्वयमा कामदार नेपाल फिर्ता गरिएको उनले बताए ।