१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साढे १२ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याज दिनेगरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीले यस्तो बचतपत्र खरिद गर्न सक्नछन् । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य  (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा पनि खरिद गर्न सकिनेछ । 

साढे १२ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गर्ने 

राष्ट्र बैंकले कुल ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्रि गर्न लागिएको जनाएको छ । यसमा लगानी गर्नेले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्नुपर्छ । लगानीवापतको ब्याज ६–६ महिनामा पाइनेछ । आफूले इच्छाएको व्यक्तिमार्फत पनि ब्याज लिन सकिनेछ । फागुन १४ देखि चैत ३ गतेसम्म आवेदन खुल्नेछ । यसको साँवा रकम २०८४ चैत १० गते मात्रै फिर्ता हुनेछ । यस्तो बचतपत्र खरिद गर्न राष्ट्र बैंकको वेबसाइटमा रहेको 'मोनेटरी म्यानेजमेन्ट'भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।


प्रकाशित : फाल्गुन १२, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?