१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा कति महिला ?

अंक र अर्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार १०:३९:००

वैदेशिक रोजगारीमा जाने नेपाली महिला कामदारको पहिलो रोजाइ दुबई बनेको छ । सहज प्रक्रिया र कानुनी रूपमा खुला मुलुक भएकाले पनि नेपाली महिला कामदार दुबईप्रति आकर्षित भएका हुन् । आर्थिक वर्ष ०७८/७९ मा ३३ हजार ६२ नेपाली महिलाले वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिएका छन् । जसमध्ये करिब ९० प्रतिशत महिला कामदार १० वटा मुलुकमा गएको देखिन्छ ।

मन्त्रालयका अनुसार नेपाली महिला कामदार रोजगारीमा जाने १० मुलुकमध्ये युएई, कतार, जोर्डन, साइप्रस, कुवेत, माल्टा, टर्की, बहराइन र ओमान हुन् । गत आवमा नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली महिला कामदारमध्ये ३९.१ प्रतिशत दुबई पुगेका छन् । कतार जानेको हिस्सा १३.२ प्रतिशत छ भने कुवेतको हिस्सा ११.३ प्रतिशत छ । 

साइप्रस ८.६, मलेसिया ३.८, क्रोसिया ३.३, माल्दिभ्स २.७, रोमानिया २.५, जोर्डन २.३, बहराइन १.९ र अन्य मुलुकको हिस्सा ११.३ प्रतिशत रहेको छ । अघिल्लो आव ०७७/७८ मा सात हजार एक सय ७८ महिला कामदार नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । आव ०७६/७७ मा १८ हजार दुई सय दुई नेपाली महिला कामदारले नयाँ श्रम स्वीकृति लिएर रोजगारीमा गएको देखिन्छ । 
स्रोत :  श्रम मन्त्रालय