• १८ वैशाख २०८१, मङ्गलबार

कमाउन गएको छोरो सम्पर्कविहीन

blog

घोडाघोडी समाचारदाता 

घोडाघोडी (कैलाली), जेठ ५ गते । कञ्चनपुर पुनर्बासका ओमप्रसाद भुसाल लामो समय सम्पर्कविहीन बनेपछि दीर्घरोगी बुवाआमाको बिचल्ली भएको छ । पाँच वर्षदेखि भारतको हैदराबादमा रोजगारी गर्दै आएका भुसाल एकाएक सम्पर्कविहीन हुनुभएको हो । शारीरिक रूपमा अशक्त ओमप्रसादकी श्रीमती मैसरा भुसाल अहिले सात वर्षीय छोराका साथ भालुफाँटा माइतीको घरमा बस्दै आउनुुभएको छ  । 

ओमप्रसादका बुवा अहिले भरतपुर क्यान्सर अस्पतालमा हुनुहुन्छ । बुवालाई क्यान्सर रोग लागेपछि परिवारमा झन् आर्थिक सङ्कट थपिएको छ । कमजोर आर्थिक अवस्था भएको भुसाल परिवारमा बुवा क्यान्सरपीडित भएको एकातिर छ भने परिवारको जिम्मेबार सदस्य लामो समय सम्पर्कविहीन बनेको अर्को पीडा छ ।

भारतबाट हराएकाले खोजी कार्यका लागि कहाँ कसलाई गुहार्ने भन्ने अलमलमा परेका आफन्तले काम गर्ने ठाउँ, आफन्त चिनेजानेका सबैलाई सोध्दा कतै पत्ता नलागेकाले खोजीका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।