२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

श्रम मन्‍त्रालयलाई वैदेशिक रोजगार मन्‍त्रालय बनाऔं : मन्‍त्री भण्डारी

'वैदेशिक रोजगार बाहेक स्वदेशी रोजगारको कुनै चर्चा नै हुँदैन, यसलाई वैदेशिक रोजगार मन्‍त्रालय बनाऔं'

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यक्ता देखिएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौं नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै यस्तो बताएका हुन् ।

श्रम मन्‍त्रालयलाई वैदेशिक रोजगार मन्‍त्रालय बनाऔं : मन्‍त्री भण्डारी

मन्त्रालयमा वैदेशिक रोगजार बाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उनको भनाइ छ । श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए । मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको उनको भनाइ थियो ।

श्रम विभाग खिएर गएर माथि उठ्नसक्ने अवस्थामा नरहेको बताउँदै मन्त्री भण्डारीले श्रम बजार व्यवस्थित, मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरु अघि बढ्न नसक्ने बताए ।

मन्त्री भण्डारीले रोजगारका सम्पूर्ण सम्भवनाहरुलाई एकीकृत गर्ने हिसाबले रोजगारीका सम्भवनाहरुलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पुर्‍याउने उद्देश्य रहेको रहेको बताए । उनले सरकारले तालिम प्राप्त जनशक्तिहरुलाई रोजगारदाताहरुसँग जोड्ने प्रयास गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ ४, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?