झनै बढ्यो महँगी

रेमिट्यान्सको भरमा अर्थतन्त्र

रेमिट्यान्सको भरमा अर्थतन्त्र

९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार पुगेको छ।

काठमाडौं : गत चैत महिनामा हालसम्मकै सबैभन्दा बढी रेमिट्यान्स प्राप्त भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ चैतमा १ खर्ब ९ अर्ब रुपैयाँ विप्रेषण प्राप्त भएको हो।

वैधानिक माध्यमबाट रेमिट्यान्स प्राप्त हुने क्रम बढ्दा अर्थतन्त्रको बाह्य क्षेत्र सुदृढ भएको छ। अवैध रूपमा रकम पठाउँदा हुने जोखिमबारे जनचेतना, हुन्डी निरुत्साहन, भर्चुअल मुद्रामा हुने लगानीमा गिरावट, रेमिट्यान्स खातामा थप ब्याजजस्ता योजना र आर्ईपीओमा कोटा छुट्ट्याउने नेपाल सरकारको नीतिका कारण वैधानिक बाटोबाट रेमिट्यान्स प्राप्त हुने क्रम बढेको हो। यससँगै पछिल्लो अवधिमा वैदेशिक रोजगारीका लागि बिदेसिने नेपालीको संख्या बढ्नुको प्रत्यक्ष प्रभाव रेमिट्यान्समा देखिएको छ।

चैतसम्म विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेर ९ खर्र्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो।null

९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय प्रतिशतले बढेको थियो।

चैत महिनामा महँगीको दर झनै बढेको छ। राष्ट्र बैंकका अनुसार २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको छ।

चैतअघि गत पुस र माघमा बराबर १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो। फागुनमा भने सामान्य खुम्चिए पनि मंसिरयता मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स प्राप्त भइरहेको छ।

केन्द्रीय बैंकका अनुसार रेमिट्यान्समा सुधार आउँदा शोधनान्तर अवस्थामा सुधार आएको छ। यस अवधिमा व्यापार घाटा अकासिए पनि रेमिट्यान्सले वैदेशिक क्षेत्र ढुक्कले धानेको छ। चैतसम्मको तथ्यांकअनुसार कुल वस्तु व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ छ। ९ महिनामा १ खर्ब १८ अर्ब २८ करोडको निर्यात हुँदा १२ खर्ब १ अर्ब ५१ करोड  रुपैयाँको वस्तु आयात भएको छ।

  •     चैतमा १ खर्ब ९ अर्ब विप्रेषण प्राप्त, हालसम्मकै उच्च
  •     व्यापार घाटा अकासिए पनि रेमिट्यान्सले वैदेशिक क्षेत्र धान्दै 
  •     विदेशीले नेपाल घुम्न आएर ४४ अर्ब १७ करोड खर्च गरे 

यस अवधिमा देशले सेवामार्फत गरेको आम्दानीभन्दा खर्च ५६ अर्ब २६ करोड रुपैयाँले बढी छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७९ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको थियो। यस अवधिमा विदेशी नेपाल घुम्न आउँदा अघिल्लो आवको भन्दा ९४.३ प्रतिशतले बढी ४४ अर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् भने नेपालीहरू विदेश घुम्न जाँदा ९१ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये उच्च शिक्षाका लागि विदेश जानेले देशबाट ६ अर्ब १९ करोड रुपैयाँ लगेका छन्। अघिल्लो वर्ष नेपालीले विदेश भ्रमणमा ६५ अर्ब ५४ करोड खर्च गर्दा विदेश पढ्न जानेको हिस्सा ४३ अर्ब ६७ करोड रुपैयाँ थियो।

९ महिनामा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भएर ९ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यस्तै पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ मात्र छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो।

यसरी विभिन्न माध्यमबाट मुद्रा बिदेसिने क्रमले उकालो यात्रा तय गर्दा रेमिट्यान्सले सन्तुलन गरेको छ। ९ महिनामा चालू खाता ५१ अर्ब ८२ करोडले घाटामा भए पनि रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ। यसरी अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा थियो।

रेमिट्यान्सको कारण शोधनान्तर बचतमा रहँदा २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भएर २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड रुपैयाँ कायम भएको हो।

आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

झनै बढ्यो महँगी

चैत महिनामा महँगीको दर झनै बढेको छ। राष्ट्र बैंकका अनुसार २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको छ। फागुन मसान्तसम्म यस्तो दर ७.४४ प्रतिशत थियो। माघको तुलनामा फागुनको तथ्यांकले मुद्रास्फीति सामान्य अंकले घटेकोमा चैतमा पुनः बढेको हो। माघमा मुद्रास्फीति दर वर्षकै उच्च ७.८८ प्रतिशत थियो।

वार्षिक उपभोक्ता मुद्रास्फीति गत आवको चैतभन्दा बढी हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो। चालू आवको चैतमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ।

२०७९ चैतमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ।

यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ।

काठमाडौं उपत्यकामा मुद्रास्फीति ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत रहँदा हिमालमा ७.४७ प्रतिशत छ। २०७८ चैतमा यी क्षेत्रमा मुद्रास्फीति क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.