कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

कोहलपुरमा वैदेशिक रोजगारीबाट फर्केका युवाको तथ्यांक संकलन सुरु

रुपा गहतराज

नेपालगन्ज — कोहलपुर नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको तथ्यांक संकलन सुरु गरेको छ । रोजगारीको शिलशिलामा विदेश गएर फर्किएकाको तथ्यांक संकलन सुरु गरिएको हो ।

कोहलपुरमा वैदेशिक रोजगारीबाट फर्केका युवाको तथ्यांक संकलन सुरु

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणसँग साझेदारीमा कोहलपुर नगरपालिका क्षेत्रका युवाहरूको तथ्यांक संकलन सुरु गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । परियोजनाको आर्थिक वर्ष २०८९/०८० को कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सीपसम्बन्धी तथ्यांक संकलन, अद्यावधिक कार्यसम्बन्धी अभिमुखीकरणसमेत गरिएको छ ।

गणनामा खटिने गणकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कोहलपुर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले बताए । उनका अनुसार कोहलपुरको विकासका लागि सीपयुक्त जनशक्ति परिचालन गर्ने उद्देश्य नगरपालिकाको रहेको छ ।

तथ्यांक संकलनका लागि कोहलपुरका १५ वटाबाट ३० जना गणक खटिनेछन् । प्रत्येक वडाबाट दुई/दुई जना परिचालन गरिएको सामाजिक विकास समितिका संयोजक विश्वकर्माले बताए ।

‘देश विकासका लागि युवाहरूको आवश्यक छ । त्यसैगरी कोहलपुर विकासमा हामी युवाहरूको परिचालन गर्न चाहन्छौं । त्यसैले तथ्यांक संकलन सुरु गरिएको हो । यथार्थ तथ्यांक आएपछि त्यहिअनुरूप नगरपालिका अघि बढ्छ,’ उनले भने ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कोहलपुरमा रहेका वैदेशिक रोजगारीमा गएका युवाहरूको संख्या यकिन गर्न तथ्यांक संकलन सुरु गरिएको बताए ।

प्रकाशित : जेष्ठ ८, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?