१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशबाट आउने यात्रुले महसुल सुविधामा कतिवटा मोबाइल ल्याउन पाउँछन् ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:५८:oo

विदेशबाट फर्किने यात्रुले आफू‌ले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप एउटा मोबाइल फोनसमेत ल्याउँदा कुनै पनि महसुल लाग्नेछैन । 

नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणालीमा दर्ता नभएका मोबाइल फोन सञ्चालन हुनेछैनन् । 

एक : नेपाल सरकारको २६ वैशाख ०८० को मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशबाट फर्किने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल महसुल नतिरी ल्याउन पाउने एक थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नुपर्दैन । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् । 

दुई :  श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको सम्बन्धमा भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
भन्सार विभाग

ad
ad