साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु, एकैदिन चार शव नेपाल पठाइयो

साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु, एकैदिन चार शव नेपाल पठाइयो
तस्बिर : अन्नपूर्ण

साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल  पठाइएको छ । दुतावास  रियादका अनुसार पठाइएका शवहरु बर्दिया,पाल्पा, उदयपुर, मोरङ  जिल्लाका रहेका  छन्।  उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए ।

दूतावासका अनुसार साउदीमा  १ साउन २०८० देखि हालसम्म विभिन्न कारणले मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जसअनुसार साउदीको  पूर्वी क्षेत्रमा मात्र २७ जना, रियाद क्षेत्रमा १४ जना र अलकासिम क्षेत्रमा २ जना रहेका छन् । 

रिपोट अनुसार स्वाभाविक मृत्यु २४ ,आत्महत्या ७,ट्राफिक दुर्घटना ३ जना, कार्यस्थल दुर्घटना ४ जना, डुबेर १ जना र कारण नखुलेको ४ जना रहेका छन् ।  यस अवधिमा मृत्यु भएका जम्मा ४३ जनामध्ये ३३ जनाको शव स्वदेश फिर्ता पठाइसकेको छ। ४ जनाको गत मंगलबार पठाइएको हो भने बाँकी ६ जनाएको प्रक्रियामा रहेको छ ।

दूतावासका अनुसार साउदीबाट मृतक नेपालीको शव स्वदेश पठाउनका लागि १ महिना लाग्ने बताइएको छ  जसका लागि साउदी अरबबाट नेपाल शव फिर्ता गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले अलि बढि समय लाग्ने गरेको हो । 

नेपाली नागरिकको मृत्युको खबर  प्राप्त हुनासाथ दूतावासले कम्पनीसँग आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेर  सो कागजात प्राप्त हुनासाथ मृतकको परिवारलाई जानकारी गराउँछ।


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.