+
+

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते ११:२९

२६ असोज, काठमाडौं । इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् ।

तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो ।

इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ ।

शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।

इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ छ । उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।

सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले बताएका छन् । उनको खोजीका लागि प्रहरी र अस्पतालका साथै सम्भावित सबै माध्यमको सदुपयोग गरिएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?