राहत चाहियो, आश्वासन हैन

राहत चाहियो, आश्वासन हैन

इजरायलका राजदूतले पनि मैले के सहयोग गर्नु पर्‍यो भन भनिरहेका छन्। त्यसतर्फ सरकारको ध्यान गएकै छैन।

इजरायलमा बसेर काम गर्दाको अवधिमा यस्तो घटना कहिल्यै सामना गर्नु परेन जुन अहिले युद्धभूमिमा परिणत भएको अवस्था इजरायलले भोग्दैछ। कति भने त्यहाँ यदाकदा साइरन बज्थ्यो। त्यतिबेला मुटु नहल्लने कोही हुँदैनथ्यो। त्यसैले हालको परिस्थिति रामै्रै अनुभूत गर्न सक्छु नेपालमै बसे पनि। निकै दुःखदायी यस घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको छ। नेपालबाट बहुसंख्यक महिला र केही पुरुष केयरगिभरको रूपमा इजरायल जान्छन्। उनीहरूलाई ठूलो विश्वास गरेर त्यहाँका ज्येष्ठ नागरिकको स्याहारसुसारको जिम्मेवारी दिइएको हुन्छ। यसबाहेक बर्सेनि करिब २ सय ५० विद्यार्र्थीलाई ‘लर्न एन्ड अर्न’ अन्तर्गत इजरायल पठाइन्छ।

इजरायल विश्वमै कृषिमा चामत्कारिक फड्को मार्ने देशमा गनिन्छ। नेपाल र इजरायल असाध्यै गहिरो मित्रराष्ट्र हुन्। इजरायल जन्मेको ७५ वर्ष हुँदा हाम्रो मित्रताको ६३ वर्ष पूरा गरेको थियो। इजरायल जन्मिएपछि विश्वका धेरै देशले मान्यता दिएनन्। दक्षिण पूर्वी एसियामा नेपाल पहिलो देश हो जसले मान्यता दियो। त्यसैकारण पनि इजरायलीले नेपालीलाई असाध्यै माया गर्छन्। दुःख परेको बेलामा सहयोग गरेको गुण सम्झेर नेपालीलाई देख्नेबित्तिकै सद्भावपूर्ण व्यवहार दर्शाउँछन्। इजरायलले पनि नेपालमा आइपरेका हरेक ठूला विपत्तिमा मद्दत गरेकै छ। ११ महिना ‘लर्न एन्ड अर्न’अन्तर्गत सैद्धान्तिक र व्यावहारिक शिक्षासँगै विद्यार्थीले ८–१० लाख रुपैयाँ कमाउँछन्। त्यहाँ पाएको ज्ञानले नेपाल फर्केर कृषिमा समृद्धि गरून् भन्ने यस कार्यक्रमको पवित्र उद्देश्य हो। खेती गर्ने र काम सिक्ने भनेको सहरबाट अलि टाढै हुन्छ। यस्तो क्षेत्र सुरक्षाको हिसाबले अलि कमजोर हुनु स्वाभाविक हो। तर त्यहाँ काम गर्ने सिलसिलामा हाम्रा दश नेपालीको ज्यान जानु निकै पीडादायी घटना हो।

इजरायलको चारैतिर शत्रु राष्ट्र छन्। बीचमा बसेर पनि यसले आफ्नो सुरक्षा व्यवस्थालाई निकै मजबुत बनाएको छ। बंकरभित्र बस्नेलाई बमले छुन सक्दैन। साइरन बज्नासाथ बंकरमा जानुपर्छ भन्ने सिकाइएको हुन्छ। सबैले त्यसै गर्छन्। प्यालेस्टायनी क्षेत्रबाट रकेटहरू फाट्टफुट्ट हानिरहने भएकाले बंकरमा सुरक्षित हुने विषयमा सबै अभ्यस्त छन्। इजरायल रकेटप्रुफ राष्ट्र थियो। कतैबाट रकेट आए त्यसलाई आकाशमै निष्क्रिय बनाइन्थ्यो। इजरायली जाजुसी संस्था मोसादले पनि संसारभरि नाम कमाएको छ। तर यसपटक हमासले त्यत्रो हातहतियार कसरी प्रवेश गरायो, सबै आश्चर्यचकित छन्। यसअघि तीसौं पटकभन्दा बढी नेपाली विद्यार्थीले आउनेजाने गरिसके। यस्तो जटिल परिस्थितिमा त्यहाँ रहेको नेपाली दूतावास र राजदूतलाई मात्रै दोष थोपार्नु पनि सरासर अन्याय हुन्छ। तर अब गरिने कार्यमा भने राजदूतले आफ्नो सक्रिय भूमिका निभाउनु जरुरी देखिन्छ।

नेपाल सरकारले यस्तो अवस्थामा गर्ने भनेको कुरा होइन, काम हो। घटना घटेलगत्तै ‘क्याबिनेट मिटिङ’ बस्नु पथ्र्यो। त्यसो गरिएन। त्यहाँको परिस्थितिको पूर्ण अध्ययन गरेर, कहाँकहाँ के–के भन्नुपर्ने हो सबै भनेर देशवासीलाई पनि सुसूचित गर्नुपथ्र्यो। तर धेरैपछि उहाँहरूले उधारो सहयोग गर्ने कुराहरू बाहिर आए। मिल्यो भने हवाईजहाज पठाइदिन्छु, दस लाख पनि यहाँ आएपछि दिन्छु भन्ने कुराको कुनै अर्थ छैन। देशमा युद्ध चलिरहेकाले त्यहाँ कतैबाट हवाईजहाज जान वा आउन सक्ने कुरै भएन। हवाईजहाज चल्ने भए उताका नेपाली आफैं पनि आइसक्थे। त्यसैले सरकारले सबैभन्दा पहिले शव नेपाल ल्याउने व्यवस्था मिलाउनु पर्‍यो। त्यहाँ रहेका अन्य नेपालीलाई कसरी सुरक्षित नेपाल फर्काउने भन्ने विषयमा पनि सोच्नुपर्‍यो।

नेपालमै पनि इजरायलको जस्तो आतंक भोग्यौं नि। १७ हजार मानिसले ज्यान गुमाए। हामी छाति पिटेर रोयौं, करायौं। आतंकबाद भनेको कस्तो निर्मम क्रूरता रहेछ प्रधानमन्त्री प्रचण्डलाई अब त ज्ञान भयो होला नि।

बंकरमा बसिरहेका नेपालीले के खाए, पिउने पानी छ कि छैन ? यसमा ध्यान दिनुपर्‍यो। उनीहरूलाई खुवाउनु पर्‍यो। यसका लागि इजरायलमा रहेका नेपाली संघसंस्थासँग सहयोग लिन सकिन्छ। सुरक्षा थ्रेटले गर्दा ती संघसंस्था पनि युद्धग्रस्त ठाउँसम्म जान सक्दैनन् सायद। त्यसैले ती सबैलाई बोलाएर राजदूतले दूतावासमै छलफल गरेर समाधान खोज्नुपर्छ। दूतावासमा पनि पासपोर्ट बनाउनेलगायत कामबाट भएको आयआर्जनलाई निकालेर काम चलाउन सरकारले भनिदिनुपर्‍यो। आफ्ना जनतालाई त्यहाँबाट अन्यत्र सार्ने वा नेपाल ल्याउने, यसमा संयुक्त राष्ट्रसंघलाई गुहार्नु पर्‍यो। कि रेडक्रसजस्ता संस्थाको सहयोग लिनुपर्‍यो। यस्तो विषयमा सोच्नुको सट्टा हाम्रा प्रधानमन्त्री हमासलाई आतंकवादी भन्नमै व्यस्त छन्। यो सुनेर निकै अचम्म लागेको छ।

इजरायलमा भएको आतंकले हामीलाई धेरै दुःख र पीडा भएको छ। तर हामीले नेपालमै पनि यो आतंक भोग्यौं नि। १७ हजार मानिसले ज्यान गुमाए। हामी छाती पिटेर रोयौं, करायौं। आतंकवाद भनेको कस्तो निर्मम क्रूरता रहेछ हाम्रा प्रधानमन्त्री प्रचण्डलाई अब त ज्ञान भयो होला नि। कहिलेकाहीँ फेरि जंगल जान्छु भन्नुहुन्छ नि उहाँहरू। अब त जंगल जानुहुन्न होला नि। एउटाले अर्कोलाई आतंककारीभन्दा कस्तो हुँदो रहेछ भन्ने पाठ त भयो कि ? बंकरमा बसेका नेपालीलाई खाना खुवाउनुको साटो टेलिफोनमा कुराकानी गरेर सस्तो लोकप्रियता लिन खोज्नुहुन्छ हाम्रो प्रधानमन्त्री। यसो गर्ने कि कामै गरेर देखाउने हो ?

पहिलो प्राथमिकता बंकरमा बसेकालाई खाना खुवाउने र शव ल्याउने हो। तेस्रो र दीर्घकालीन काम भनेको त्यहाँ रहेका करिब ४५ सय नेपालीलाई सुरक्षित नेपाल फर्काउनु हो। तत्कालका लागि इजरायलको नजिकै रहेका साइप्रस, इजिप्ट, जोर्डनलगायत देशमा उनीहरूलाई लगेर उद्धार गर्न सकिन्छ। त्यहाँको परिस्थितिबारे निरन्तर राजदूतसँग सम्पर्कमा रहेर मनिटरिङ गर्नुपर्‍यो। देशको एउटा ठूलो अंग नै त्यहाँ छ। त्यो अंग त बाँच्नु पर्‍यो नि। त्यतातिर सरकारको पहल जरुरी छ। त्यहाँ जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, फिलिपिन्सलगायतका राष्ट्र सम्मिलित एसिया प्यासिफिक गठबन्धन छ। एकआपसलाई पर्दा सहयोग र सहकार्य गर्छन्। अहिले हाम्रो राजदूतले पनि यो गठबन्धन परिचालन गर्नुपर्‍यो। त्यहाँ रहेका हाम्रा अवैधानिक राजदूतबाट पनि सहयोग लिन सकिन्छ।

इजरायलका राजदूतले पनि मैले के सहयोग गर्नु पर्‍यो भन भनिरहेका छन्। त्यसतर्फ सरकारको ध्यान गएकै छैन। सरकारको काम पटक्कै चित्तबुझ्दो भएन। अहिले त प्रधानमन्त्रीले इजरायलीे प्रधानमन्त्रीसँग कुरा गरेर जसरी हुन्छ हाम्रा मान्छेलाई बचाउनु पर्‍यो भन्नुपथ्र्यो। तर अहिलेसम्म उधारो आश्वासन दिने र जनतालाई बेवकुफ बनाउने काम मात्रै भए। यति संवेदनीशल विषयमा राष्ट्रिय सहमति जुटाऔं र सबै मिलेर यो कठिन परिस्थितिबाट पार हुने उपाय खोजौं।

थापा, इजरायलका लागि पूर्वराजदूत हुन्।​​​​​​​
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.