२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

साउन र भदौमा भित्रियो २ खर्ब २८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स 

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स २२.१ प्रतिशतले बढी हो ।

साउन र भदौमा भित्रियो २ खर्ब २८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने यो साउन र भदौमा १ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा १७.७ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ ।


प्रकाशित : आश्विन ३०, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्नेलाई जबर्जस्ती सडकमा लगेर स्वयंसेवक बनाउने नियमबारे तपाईंको धारणा के छ ?