इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा रहेका थप ७२ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । 
इजरायलस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई अझ सुरक्षित ठाउँमा सारिएको हो ।

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

यसअघि सोमबार इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै (५५ जना) नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ र उनीहरुको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ । हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले इजरायलवासी सम्पूर्ण नेपाली नागरिकहरुलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित : आश्विन २३, २०८० २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?