१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

विदेशमा रहेका नेपालीलाई तत्काल 'नेपाल फर्क' भन्ने अवस्था छैन : महामन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई तत्काल 'नेपाल फर्क' भनिहाल्ने अवस्था नरहेको बताएका छन् । 

विदेशमा रहेका नेपालीलाई तत्काल 'नेपाल फर्क' भन्ने अवस्था छैन : महामन्त्री शर्मा

यदि कसैले त्यस्तो भन्छ भने त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरामात्रै हुने उनको तर्क छ । अमेरिकाको न्यूयोर्कमा भएको 'नेपालको आजको अवस्था र अबको बाटो' विषयक सर्वपक्षीय अन्तरक्रियामा महामन्त्री शर्माले नेपालमा तत्काल अनिवार्य जनशक्तिबाहेकलाई बाह्य व्यवस्थापन गर्नुपर्ने बाध्यतात्मक परिस्थिति रहेको बताए ।

'विदेशमा रहेका नेपालीलाई `नेपाल फर्क´भन्ने अवस्था तत्काल छैन । त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै हुन जान्छ । जनसंख्याको विस्फोटक आकार व्यवस्थापन गर्न, देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यतात्मक स्थिति हो,' महामन्त्री शर्माले भने, 'अहिलेको प्राथमिकता जलविद्युत् उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि हो ।'

उनले नेपाल सरकारले देशमा लगानी गर्ने वातावरण बनाउन र गैरआवासीय नागरिकहरुलाई लगानीका लागि प्रेरित गर्न सक्नुपर्ने बताए । 'संविधानको व्यवस्थाबमोजिम सरकारले गैरआवासीय नागरिकहरुलाई पनि नागरिकता दिन थालेको छ । अब देशमा लगानी गर्न गैरआवासीय नागरिकताको उपयोग बृहत्तर रूपमा गर्न जरुरी छ,' शर्माको भनाइ थियो ।

महामन्त्री शर्माले नेपालमा हाल रहेको राजनीतिक व्यवस्थापमा परिमार्जन र अवस्थामा परिवर्तनका लागि सबैको साझा प्रयास र मेहनतको खाँचो रहेकोमा जोड दिएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको कार्यक्रममा वर्तमान नेपालको राजनैतिक, आर्थिक, सामाजिक लगायतका विविध विषयहरुमा केन्द्रित रहेर छलफल भएको थियो भने अमेरिकामा रहेका विभिन्न राजनीतिक दलका भ्रातृ संस्था र शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : कार्तिक १४, २०८० ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?