२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

भारतबाट काम गरेर घर फर्किरहेका नेपाली बाटोमै लुटिए

भवानी भट्ट

कञ्चनपुर — भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार लुटिएका छन् । कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन् । 

कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको उनले बताए । कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए ।

हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुर्‍याएको हो । मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले अलपत्र परेका नेपालीलाई घरसम्म पठाउने गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक २१, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?