कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

ओमानमा घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल पक्राउ

कान्तिपुर संवाददाता

ओमान — ओमानको रोयल प्रहरीले घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल नविन राईलाई पक्राउ गरेको छ । राई घरेलु कामदार ल्याउने काम गर्छन् ।

आफूले नेपालबाट घरेलु कामदारमा पठाउन ल्याइएकी एक नेपाली युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको हो । पीडित नेपाली युवतीले उद्धारका लागि गैर आवासीय नेपाली सोसल क्लब (एनआरएन)लाई अपिल गरेकी थिइन् । ‘हामीले रातभर खोजी गरेपछि राईले नियन्त्रणमा राखेकी पीडितको लोकेसन फेला पर्‍यौं । यसमा ओमान प्रहरीले सहयोग गरेको छ,’ एनआरएनए ओमानका अध्यक्ष बिकल झाले कान्तिपुरलाई भने, ‘प्रहरीले राईलाई पक्राउ गरी जबर्जस्ती करणीको मुद्दामा छानबिन प्रक्रिया अगाडि बढाएको छ ।’

झाले पीडितको स्वास्थ्य उपचार गरेपछि आश्रय दिन नेपाली दूतावासको सेल्टरमा पठाइएको बताए । ‘पीडितको स्वास्थ्य परीक्षण भयो । स्वास्थ्य परीक्षणले जबर्जस्ती करणी भएको रिपोर्ट दिएको छ’, उनले भने, ‘स्वास्थ्य रिपोर्टको आधारमा मुद्दा चलाउने प्रक्रियालाई अगाडि बढाइएको छ ।’

ती पीडितलाई क्लिनरको श्रम स्वीकृति लिई ओमान ल्याइएको थियो ।

प्रकाशित : कार्तिक १८, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?