१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इपिएस परीक्षामा ४०९८ जना उत्तीर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२९:oo

 कोरियाको पानीजहाज निर्माण क्षेत्रमा श्रमिक पठाउन पहिलो चरणमा लिइएको भाषा परीक्षामा चार हजार ९८ जना उत्तीर्ण भएका छन् । एचआरडी सर्भिस अफ कोरियाले लिएको परीक्षामा ३२ हजार पाँच सय सातजना सहभागी थिए ।

उत्तीर्ण भएकामध्ये एक सय ९७ जना महिला रहेको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार असोजदेखि मंसिरको पहिलो सातासम्म लिइएको परीक्षाको व्यवस्थापन इपिएस कोरिया शाखाले गरेको थियो । दैनिक आठ सयजनाका दरले ४५ दिन परीक्षा सञ्चालन भएको शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए । 

कोरियाको जहाज निर्माण क्षेत्रमा काम गर्नका लागि ३५ हजार चार सय ७८ जनाले आवेदन दिएका दिए । जसमध्ये ३३ हजार दुई सय एकजना पुरुष थिए भने दुई हजार दुई सय ७७ जना महिलाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये परीक्षामा ९१.६ प्रतिशतले मात्रै परीक्षा दिएका थिए । त्यसमा दुई हजार एक सय ५३ जना महिला थिए । भाषा परीक्षाका लागि कोरियाकै मानव संसाधन विभागको नेपालस्थित कार्यालयले गरेको इपिएस शाखाका प्रमुख सुवेदीले बताए ।  

कोरियाको पानीजहाज निर्माण क्षेत्रमा जाने युवाहरूका लागि २४ मंसिरदेखि २८ गतेसम्म सीप परीक्षा सञ्चालन गर्ने भएको छ । भाषा परीक्षामा उत्तीर्ण भएका युवा सीप परीक्षामा सहभागी हुन सक्नेछन् । सीप परीक्षाका लागि कोरियाबाट नै प्रतिनिधि आउने शाखाका प्रमुख सुवेदीले बताए । उनका अनुसार सीप परीक्षामा वेल्डिङलगायतका विषयमा परीक्षण गराइनेछ । 

ad
ad