रुसी सेनामा सामेल र बन्धक बनेका नेपालीलाई स्वदेश फर्काउने पहल गर्न रास्वपाको आग्रह

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वत:स्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको छ । शुक्रबार रास्वपाका सांसदहरुले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर रुसी सेनामा स्वत:स्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन  विषयमा ध्यानाकर्षण गराएका छन् ।

रुसी सेनामा सामेल र बन्धक बनेका नेपालीलाई स्वदेश फर्काउने पहल गर्न रास्वपाको आग्रह

रास्वपाका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी परराष्ट्र मन्त्रालय पुगेका थिए ।

रास्वपाले त्यहाँ बन्धक बनाइएका नेपालीलाई समेत सकुशल रिहा गरी देश फर्काउने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

त्यस्तै, प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाई र स्वदेश फिर्ताका लागि समेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा परराष्ट्रमन्त्री साउदले त्यसबारे सरकारले पहल गरिरहेका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित : मंसिर २२, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?