• ३० वैशाख २०८१, आइतबार

सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान बाह्र हजार योग्य

blog

काठमाडौँ, मङ्सिर १५ गते ।  रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । 

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका हुन् । सो परीक्षामा सहभागीको नतिजा आइतबार सार्वजनिक भएको हो । 

उक्त परीक्षाका लागि जम्मा ३२ हजार ५९५ जना परीक्षामा सहभागी भएका थिए । कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट सिप बिल्डिङतर्फको साढे १२ हजार लैजाने यस अगाडि नै घोषणा गरेको थियो । 

सिप बिल्डिङको दोस्रो चरणको परीक्षा मङ्सिर २४ देखि २८ सम्म सञ्चालन गरिने भएको छ । जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुने दोस्रो चरणको परीक्षमा पहिलो चरणको भाषा परीक्षामा सहभागीले क्रमबद्ध रूपमा सिप परीक्षण गरिने इपिएस शाखाले जनाएको छ । 

सो शाखाका अनुसार दोस्रो चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीले भाषा परीक्षा उत्तीर्ण भएको प्रमाणित प्रतिलिपिसहित उपस्थिति हुुनुपर्ने छ ।